सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

दशौँ राष्ट्रिय खेलकुदका लागि बाजुरामा आजदेखि खेलाडी छनोट सुरु

२०८३ कार्तिक १४, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

बाजुरा, १४ कात्तिकः दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बाजुरामा आजदेखि जिल्लास्तरीय खेलाडी छनोट प्रक्रिया सुरु भएको छ । आगामी मङ्सिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा सञ्चालन हुने दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्न जिल्लामा विभिन्न खेलका प्रतिस्पर्धा सुरु गरिएको हो ।

जिल्ला खेलकुद समिति अध्यक्ष कोपिला सिंहका अनुसार प्रतियोगितामा सहभागी हुन जिल्लाबाट १८ विधाका खेलमा ३३६ जना खेलाडीले फाराम भरेका छन् । तीमध्ये जिल्ला छनोट प्रतियोगिताबाट २२६ जना खेलाडी छनोट गरिने उहाँले जानकारी दिनुभयो ।

सदरमुकाम मार्तडीमा सुरु भएको छनोट प्रतियोगितामा विभिन्न खेल विधाका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । जिल्लाबाट छनोट भएका खेलाडीले प्रदेशस्तरीय प्रतिस्पर्धामा सहभागी हुने अवसर पाउनेछन् । अध्यक्ष सिंहले जिल्लामा १८ वटै खेलका प्रशिक्षक रहेको जानकारी दिँदै राष्ट्रिय प्रतियोगितामा बाजुराबाट ३४ जना प्रशिक्षकसमेत सहभागी हुने बताउनुभयो ।

जिल्लामा खेलाडी छनोटका लागि आवश्यक तयारी पूरा गरी प्रतियोगिता सञ्चालन गरिएको उहाँको भनाइ छ । राष्ट्रियस्तरको प्रतियोगितामा सहभागिताले जिल्लाका खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर मिल्ने अपेक्षा गरिएको छ । यसले जिल्लामा खेलकुदको विकास र नयाँ प्रतिभा पहिचान गर्नसमेत सहयोग पुग्ने विश्वास गरिएको छ ।ब

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

दीपेश महतले जिते विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा रजत पदक

‘एन्फा निलम्बन फुकुवाको प्रक्रिया अघि बढ्यो’

एक्स्ट्रिम दोस्रो झापा महिला गोल्डकप प्रतियोगिता मङ्सिर ५ गतेदेखि

मेसी बने मेजर लिग सकरका सर्वाधिक तलब पाउने खेलाडी (सुचीसहित)

एनपीएलको फाइनलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्दै

दशौँ राष्ट्रिय खेलकुदका चार खेल लुम्बिनीमा, प्रतियोगिता कुर्दै बाँके र बर्दिया

एनपिएल : चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स फाइनलमा

एन्फामाथिको निलम्बन र प्रतिबन्ध फुकुवा

दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने

तीन वर्षपछि भारतमा हुँदै आइपिएलको खेलाडी अक्सन

आइपिएल २०२७ को अक्सन डिसेम्बर १६ मा गोवामा हुने

डेफ फुटबल च्याम्पियनसिप खेल्न नेपाली टोली दक्षिण कोरिया प्रस्थान