सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

त्रिविको एमएड परीक्षा तालिकामै गम्भीर त्रुटि, जाँच नगरी सहायक डीनले गरे हस्ताक्षर !

२०८३ कार्तिक १३, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङ्कायअन्तर्गत डीनको कार्यालयले सार्वजनिक गरेको स्नातकोत्तर तह (एमएड) चौथो सेमेस्टरको परीक्षा तालिकामै गम्भीर त्रुटि देखिएको छ। विद्यार्थीको भविष्यसँग प्रत्यक्ष जोडिएको परीक्षा तालिका सार्वजनिक गर्नुअघि सामान्य जाँचसमेत नगरिएको देखिएपछि सम्बन्धित शाखाको कार्यसम्पादन र जिम्मेवारीमाथि प्रश्न उठेको छ।

डीनको कार्यालयले सार्वजनिक गरेको परीक्षासम्बन्धी सूचनामा एमएड तह चौथो सेमेस्टरको नियमित तथा आंशिक परीक्षाबारे जानकारी दिइएको छ। तर सूचनाको परिचयात्मक विवरणमा परीक्षा सञ्चालन हुने समयबारे अस्पष्ट तथा विरोधाभासपूर्ण उल्लेख गरिएको छ। जबकि सोही सूचनाको तालिकामा पहिलो परीक्षा २०८३ मंसिर २१ गते र अन्य विषयको परीक्षा मंसिर २३ गते हुने उल्लेख छ।

एउटै आधिकारिक सूचनामा परीक्षा सञ्चालन हुने मिति र समयबारे स्पष्टता नहुनुले परीक्षा तालिका तयार गर्ने तथा प्रमाणीकरण गर्ने निकायको कार्यशैलीमाथि गम्भीर प्रश्न खडा गरेको छ। सामान्य प्रूफ रिडिङ र तथ्य जाँचबाटै सच्याउन सकिने यस्तो त्रुटि विश्वविद्यालयको आधिकारिक सूचनामा कसरी प्रवेश गर्‍यो भन्ने प्रश्न विद्यार्थीले उठाउन थालेका छन्।

अझ आश्चर्यको विषय, उक्त सूचना सम्बन्धित शाखाबाट तयार भएर सहायक डीनको हस्ताक्षरसहित सार्वजनिक भएको देखिन्छ। विद्यार्थीको शैक्षिक भविष्यसँग जोडिएको संवेदनशील सूचनामा हस्ताक्षर गर्नुअघि त्यसको विषयवस्तु, मिति र विवरण जाँच गर्नुपर्ने सामान्य प्रशासनिक जिम्मेवारीसमेत पूरा भए–नभएकोबारे प्रश्न उठेको छ। हस्ताक्षर गर्ने पदाधिकारीले सूचना अध्ययन र प्रमाणीकरण नगरी दस्तखत गरेका हुन् कि त्रुटि देख्दादेख्दै बेवास्ता गरिएको हो भन्ने विषयमा स्पष्ट जवाफ आवश्यक छ।

विश्वविद्यालयजस्तो प्राज्ञिक संस्थाबाट प्रकाशित हुने परीक्षा तालिका त्रुटिरहित, स्पष्ट र विश्वसनीय हुनुपर्ने हो। तर परीक्षा सञ्चालन गर्ने निकायबाटै यस्तो लापरबाही देखिनुले विद्यार्थीलाई अन्योलमा पार्नुका साथै विश्वविद्यालयको प्रशासनिक विश्वसनीयतामाथि पनि असर पार्न सक्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

फोहरलाई स्रोतका रूपमा उपयोग गर्न प्रेरित गर्दै ‘आरयू फेस्ट’

विकेन्द्रीकरण विस्तारको तयारीमा त्रिवि

त्रिविले खुलायो M.Ed. र MSSEd विद्यार्थीलाई परीक्षा केन्द्र रोज्ने सुविधा

प्रवासीको सहयोगमा विद्यालय भवन निर्माण

विद्यालयका निम्ति जग्गा खरिद गर्न देउसीभैलोबाट जुट्यो नौ लाख

चिनियाँ दूतावासले बलान बिहुलमा शैक्षिक तथा स्वास्थ्य सामग्री सहयोग

अन्तरराष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्न त्रिविद्वारा ‘कन्ट्री फोकल पर्सन’ को आह्वान

टर्कीका शिक्षामन्त्रीसँगै मन्त्री पोखरेलको विद्यालय अवलोकन : बालमैत्री र हरित शिक्षाका अभ्यासबारे चासो

जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौँ: शिक्षामन्त्री पोखरेल

निधि भवन राजर्षी जनक विश्वविद्यालयलाई हस्तान्तरण

गाउँमै उद्यम र रोजगारी सिर्जना गर्ने सम्भावना खोज्दै विद्यार्थी

त्रिविको जग्गा फिर्ता ल्याउनेदेखि शैक्षिक वातावरण सुधार्नेसम्मका विषयमा मन्त्रालयको चासो