सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

राष्ट्रपति पौडेलसँग स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष पेजको भेट

२०८३ कार्तिक १६, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, १६ कात्तिकः राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तन तथा हिमाली क्षेत्रका वातावरणीय समस्या समाधानमा स्विट्जरल्यान्डसँग सहकार्य गर्न नेपाल इच्छुक रहेको बताउनुभएको छ ।

नेपाल भ्रमणमा रहेको स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष पियरे आन्द्रे पेजको प्रतिनिधिमण्डलसँग राष्ट्रपति भवन शीतल निवासमा आज भएको शिष्टाचार भेटमा राष्ट्रपति पौडेलले जलवायु परिवर्तनबाट सिर्जित असर समाधानमा नेपाल सहकार्य गर्न तयार रहेको उल्लेख गर्नुभयो ।

“नेपालको शान्ति प्रक्रियामा स्विट्जरल्यान्ड सरकारले गरेको निरन्तर सहयोग हाम्रा लागि महत्त्वपूर्ण छन् । नेपालको लोकतन्त्र, सङ्घीयता, स्थानीय शासन तथा सामाजिक आर्थिक विकासलाई सुदृढ गर्न स्विटजरल्यान्डले लामो समयदेखि गर्दै आएको सहयोगको म प्रशंसा गर्दछु”, भेटमा राष्ट्रपति पौडेलको भनाइ उद्धृत गर्दै उहाका प्रेस सल्लाहकार किरण पोखरेलले भन्नुभयो ।

राष्ट्रपति पौडेलले स्विट्जरल्यान्डको सुदृढ लोकतान्त्रिक मूल्य र मान्यताबाट आफू निरन्तर प्रभावित रहेको बताउनुभयो । सो अवसरमा स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष पियरेले हिमालहरू चलायमान हुँदैछन् भन्दै यसका लागि पूर्वसूचना प्रणाली अत्यन्त महत्त्वपूर्ण रहेकामा जोड दिनुभयो । उहाँले यसमा स्विट्जरल्यान्डले काम गरिरहेको भन्दै नेपालसँग सहकार्य गरेर अगाडि बढ्न आफूहरू तयार हरेको उल्लेख गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

‘शिक्षा सुधारमा स्थानीय तह र समुदायको भूमिका महत्त्वपूर्ण हुन्छ’

सडक पूर्वाधार निर्माणमा सेनाको महत्वपूर्ण योगदान छः राष्ट्रपति

महादेवटार सुरुङ ‘ब्रेक थ्रु’

राष्ट्रपति पौडेलसमक्ष तीन नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ

कार्तिक शुक्ल षष्ठीः राष्ट्रपति पौडेलद्वारा गुह्येश्वरीमा छठीमाताको पूजा आराधनासहित अर्घदान

सुशासन र समृद्धि प्राप्तिमा छठी माता र सूर्य भगवान्को कृपा बनिरहनेछः राष्ट्रपति पौडेल

राष्ट्रपति पौडेलद्वारा सर्वोच्चका लागि चार न्यायाधीश नियुक्त

महागुरु फाल्गुनन्दको मार्गनिर्देशबाट नैतिक, सभ्य र एकताबद्ध समाज निर्माणमा बल पुगेको छः राष्ट्रपति पौडेल

नेपाल संवत्ले सामाजिक समानताको दिशामा अघि बढ्न प्रेरणा प्रदान गर्ने राष्ट्रपतिको विश्वास

तिहारले आपसी सद्‌भाव र समृद्धिको भावना अभिवृद्धि गर्छ : राष्ट्रपति पौडेल

राष्ट्रपति पौडेलद्वारा गाई पूजा

‘चाडपर्वले अन्य जीवप्रतिको प्रेम र कृतज्ञता बढाओस्’ : प्रधानमन्त्री शाह