सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

मोबाइलका सामग्री बरामद

२०८३ कार्तिक २३, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

रुपन्देही, २३ कात्तिकः रुपन्देही प्रहरीले भन्सार छली गरी ल्याइएका रु छ लाखभन्दा बढी मूल्यका मोबाइलका विभिन्न पार्टपुर्जा तथा अन्य सामग्रीसहित मोटरसाइकल बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिका–११ स्थित मसिनाबाट आइतबार इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरी टोलीले भारतीय मोटरसाइकलमा ल्याउँदै गरेको अवस्थामा ती सामग्री बरामद गरेको हो ।

प्रहरीले एक हजार ३१ थान मोबाइल टेम्पर्ड ग्लास, २४० थान ग्लुसहितको कभर्ड ग्लास, ४३ थान आइफोन ब्याट्री, १०० थान एयरबड्स, १४६ थान आइफोन ब्याक प्यानल, छ थान एन्ड्रोइड ब्याक प्यानल र १०३ थान एन्ड्रोइड ब्याट्री बरामद गरेको जनाएको छ ।

प्रहरीका अनुसार बरामद मोबाइल सामग्रीको अनुमानित मूल्य रु छ लाख ६२ हजार ६७० रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी कृष्णकुमार चन्दले जानकारी दिनुभयो । बरामद सामग्री तथा मोटरसाइकलका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

दैलेखमा बन्चरो प्रहारबाट आमा र दुई छोराछोरीको मृत्यु, एक बालक गम्भीर घाइते

भीमफेदी कारागारबाट भागेका मोक्तान हेटौंडा बसपार्कबाट पक्राउ

कात्तिकमा ७० लाखको सामान बरामद

करिब ४ सय ४३ किलो गाँजा सहित दुई जना पक्राउ

नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने शिक्षकमाथि आरोपपत्र दायर

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जुवातास खेलिरहेको अवस्थामा २५ जना पक्राउ

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ

जुवाको खालबाट २५ जना पक्राउ

दुई थान भरुवा बन्दुकसहित एक जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

मुद्दाका फरार प्रतिवादीहरू पक्राउ