सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

उद्योगमन्त्री साह र भारतीय राजदूत दलेलाबीच भेट

२०८३ कार्तिक २३, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलाबीच शिष्टाचार भेटवार्ता भएको छ।

सिंहदरबारस्थित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सोमबार भएको भेटमा नेपाल र भारतबीचको द्विपक्षीय व्यापार तथा आर्थिक सम्बन्धलाई थप सुदृढ र विस्तार गर्ने विषयमा विचार आदानप्रदान भएको मन्त्री साहको सचिवालयले जनाएको छ।

भेटका क्रममा दुई देशबीच रहँदै आएको आर्थिक तथा व्यापारिक सहकार्यलाई थप प्रभावकारी बनाउने र आपसी सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने विषयमा छलफल भएको जनाइएको छ।

नेपालको वैदेशिक व्यापारमा भारत महत्वपूर्ण साझेदार रहँदै आएको छ। भारत नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार तथा वैदेशिक लगानीको प्रमुख स्रोत हो। नेपाल र भारतबीचको कुल वस्तु व्यापारको करिब दुईतिहाइ हिस्सा भारतसँग हुने भारतीय दूतावासको विवरणमा उल्लेख छ।

नेपाल–भारतबीच व्यापार, पारवहन, लगानी, ऊर्जा तथा पूर्वाधार विकासलगायतका क्षेत्रमा सहकार्य हुँदै आएको छ। दुई देशबीच व्यापार तथा पारवहनसम्बन्धी विभिन्न द्विपक्षीय संयन्त्रसमेत क्रियाशील छन्।

मन्त्री साह र राजदूत दलेलाबीच भएको भेटलाई दुई देशबीचको आर्थिक तथा व्यापारिक सम्बन्ध विस्तारका विषयमा छलफल गर्ने अवसरका रूपमा हेरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

डिएलएको स्थापना दिवसमा दुई वरिष्ठ अधिवक्तासहित तीन जना सम्मानित

सामाजिक सद्भाव र सदाचार कायम गर्न सबै जिम्मेवार भएर लागौँः मुख्यमन्त्री भट्ट

विदेशमा रहेका नेपालीको मताधिकारः कानुन संशोधनका लागि तीन विकल्प

शान्ति प्रक्रियाका बाँकी काम अविलम्ब पूरा गर्न दाहालको आग्रह

मधेशमा सरकार गठन अन्योलमा, कांग्रेस–एमाले–नेकपाले मागे समय

नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको प्रश्न: ‘टावर छ, नेटवर्क छैन, किन ?’

‘स्थानीय स्रोतको उपयोगबाट समृद्धि र रोजगारी सिर्जना गर्न सकिन्छ’

संविधानको मर्म बमोजिम स्थानीय तह र प्रदेशसभाको निर्वाचन हुन्छ: आयोग

‘प्रधानमन्त्री शाहको भारत भ्रमण आपसी सम्बन्ध विस्तार र आर्थिक गतिविधिमा केन्द्रित हुने’

स्थानीय र प्रदेशसभा निर्वाचन एकैपटक गर्न दलहरूसँग परामर्श

यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णय

निर्वाचन तयारीबारे प्रमुख दलका शीर्ष नेतासँग परामर्श