सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु

२०८३ कार्तिक २३, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

त्रिशूली । नुवाकोटको विदुर नगरपालिका–९ मा आज मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

भैरमकोटबाट त्रिशूलीतर्फ आउँदै गरेको मोटरसाइकल अनियन्त्रित भई सडकबाट खस्दा घाइते भएका तीन जनालाई उपचारको लागि त्रिशूली अस्पताल पुर्‍याए पनि चिकित्सकले मृत्यु भएको पुष्टि गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटको प्रहरी नायब उपरीक्षक इकबाल हवारीले जानकारी दिए ।

उनका अनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक धादिङ खनियाबाँसका ४७ वर्षका बुद्धिमान तामाङ, विदुर नगरपालिका–१३ माथिल्लो खुर्सानेका २७ वर्षीया सुनिता थापामगर र ३१ वर्षीया बिन्दा थापामगर रहेका छन् ।

बा ९९ प ८२०२ नं को मोटरसाइकल भैरमकोटबाट त्रिशूलीतर्फ आउने क्रममा खड्कथोक भन्ने स्थानमा आइपुग्दा अनियन्त्रित भई सडकबाट १०० मिटर तल खस्न पुगेको प्रहरीले जनाएको छ ।

सो मोटरसाइकलले भाडामा यात्रु बोक्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

कम उमेर र जबर्जस्ती विवाह अन्त्यका लागि ध्यानाकर्षण

बाली भित्र्याए पनि भकारी जोगाउनै मुस्किल

दुई महिनादेखि खत्याड–रारा सडक अझै अवरुद्ध

काठमाडौंका यी क्षेत्रमा आज र भोलि ५ घण्टा विद्युत् अवरुद्ध हुने

सवारी दुर्घटनामा एकको मृत्यु, चार घाइते

नागढुंगा-मुग्लिन सडक आजदेखि पाँच घण्टा बन्द

नागढुङ्गा-मुग्लिन सडक दैनिक पाँच घण्टा बन्द हुने

भोटेकोशी बाढीपीडितलाई नगद राहत

रुबीभ्यालीमा सडक दुर्घटनाः एकको मृत्यु, नौ जना घाइते

हाइड्रो हेरिटेज पर्यटनको गन्तव्य फर्पिङ

कम्पनीलाई वार्षिक विवरण र कर दाखिला गर्न पुस मसान्तसम्म समय थप

सार्वजनिक शौचालयलाई अनिवार्य सेवाका रुपमा सञ्चालन गर्न निर्देशन