सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

चाडपर्वमा ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउन ट्राफिक प्रहरी प्रमुख काफ्लेको निर्देशन

२०८३ कार्तिक २३, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, २३ कात्तिकः काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले तिहार तथा छठ पर्वका समयमा उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन मातहतका प्रहरी कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

कार्यालयमा आज आयोजित तिहार तथा छठपर्व लक्षित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले चाडपर्वका समयमा ट्राफिक व्यवस्थापनमा कुनै पनि कमी कमजोरी हुन नदिन उच्च सतर्कताका साथ जिम्मेवारी निर्वाह गर्न निर्देशन दिनुभएको हो ।

उहाँले नागरिकले हर्षोल्लासका साथ चाडपर्व मनाउन पाउनु नै प्रहरीको खुसी भएको उल्लेख गर्दै नागरिकलाई सहज र सुरक्षित आवागमनको वातावरण सुनिश्चित हुनेगरी ड्युटीमा खटिन आग्रह गर्नुभयो ।

चाडपर्वका समयमा सवारी दुर्घटनाका घटना बढी हुने सम्भावना रहेकाले दुर्घटना न्यूनीकरणलाई प्राथमिकतामा राखेर सक्रिय रूपमा ट्राफिक व्यवस्थापन गर्न उहाँले मातहतका निकायलाई निर्देशन दिनुभयो ।

कार्यक्रममा सञ्चारकर्मी, नागरिक समाजका प्रतिनिधि, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय तथा मातहतका निकायका ट्राफिक प्रहरी अधिकृतलगायत कर्मचारीको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

डिएलएको स्थापना दिवसमा दुई वरिष्ठ अधिवक्तासहित तीन जना सम्मानित

सामाजिक सद्भाव र सदाचार कायम गर्न सबै जिम्मेवार भएर लागौँः मुख्यमन्त्री भट्ट

विदेशमा रहेका नेपालीको मताधिकारः कानुन संशोधनका लागि तीन विकल्प

शान्ति प्रक्रियाका बाँकी काम अविलम्ब पूरा गर्न दाहालको आग्रह

मधेशमा सरकार गठन अन्योलमा, कांग्रेस–एमाले–नेकपाले मागे समय

नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको प्रश्न: ‘टावर छ, नेटवर्क छैन, किन ?’

‘स्थानीय स्रोतको उपयोगबाट समृद्धि र रोजगारी सिर्जना गर्न सकिन्छ’

संविधानको मर्म बमोजिम स्थानीय तह र प्रदेशसभाको निर्वाचन हुन्छ: आयोग

‘प्रधानमन्त्री शाहको भारत भ्रमण आपसी सम्बन्ध विस्तार र आर्थिक गतिविधिमा केन्द्रित हुने’

स्थानीय र प्रदेशसभा निर्वाचन एकैपटक गर्न दलहरूसँग परामर्श

यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णय

निर्वाचन तयारीबारे प्रमुख दलका शीर्ष नेतासँग परामर्श