सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

बागलुङमा सडकका कुकुरको व्यवस्थापन गर्न ‘कुकुर होस्टेल’

२०८३ कार्तिक २७, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

बागलुङ, २७ कात्तिकः बागलुङ नगरपालिकाले सडकमा छाडिएका तथा भुस्याहा कुकुरको व्यवस्थापनका लागि सञ्चालनमा ल्याएको ‘कुकुर होस्टेल’ प्रभावकारी बन्दै गएको छ । सडकका कुकुरको उद्धार गरी आवास, खानपान र उपचारको व्यवस्था गरिएको होस्टेल नेपालमै नमुना कार्यक्रमका रूपमा विकास हुँदै गएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले पाँच महिनादेखि सामुदायिक तथा भुस्याहा कुकुरको व्यवस्थापन गर्दै आएको छ । कुकुरको सङ्ख्या बढ्दै जाँदा बजार क्षेत्रमा समस्या देखिएपछि नगरपालिकाले उद्धार गरी होस्टेलमा राखेर स्याहारसुसार गर्न थालेको हो । नगरपालिकाको यो प्रयासबारे जानकारी लिन अन्य स्थानीय तहका प्रतिनिधिसमेत अध्ययनका लागि आउन थालेका छन् ।

बागलुङ बजारमा सडकका कुकुरबाट समस्या बढेपछि नगरपालिकाले दीर्घकालीन व्यवस्थापनको योजना अघि सारेको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले बताउनुभयो । नगरपालिकाले पहिलो चरणमा ५० वटा कुकुर राख्न सकिने क्षमताको होस्टेल निर्माण गरी ३० वटा कुकुर राखेर व्यवस्थापन सुरु गरेको छ ।

नगरपालिकाले लामो समयदेखि सडकमा छाडिएका कुकुर सङ्कलन गर्ने अभियान सञ्चालन गर्दै बागलुङ नगरपालिका–३ स्थित पाँच रोपनी सार्वजनिक जग्गामा होस्टेल निर्माण गरेको हो । जग्गामा तारबारसहितको संरचना बनाउन रु एक करोड खर्च भएको नगरपालिकाको पशु शाखा प्रमुख मित्रप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

नवप्रवर्तन कार्यक्रमअन्तर्गत बागलुङ नगरपालिकाले मुख्यमन्त्री कार्यालयको साझेदारीमा होस्टेल निर्माण गरेको हो । यसका लागि नगरपालिकाले रु ३५ लाख र मुख्यमन्त्री कार्यालयले रु ६५ लाख खर्च गरेका छन् ।

होस्टेलमा कुकुरका लागि आवास, खानपान र खुला क्षेत्रमा बस्ने व्यवस्था मिलाइएको छ । सामुदायिक कुकुरको व्यवस्थित संरक्षणका लागि नगरपालिकाले दुई वर्षअघि नै नीति तथा कार्यक्रममा होस्टेल निर्माण गर्ने लक्ष्य समावेश गरेको थियो ।

सडकमा छाडिएका कुकुरलाई होस्टेलमा राखेर खानपान र स्याहारको व्यवस्था गर्न थालेपछि बागलुङ बजारको समस्या क्रमशः घट्दै गएको पशु शाखा प्रमुख सापकोटाले बताउनुभयो । उहाँका अनुसार कुकुरको टोकाइबाट हुने जोखिम कम गर्न बजारका करिब एक हजार ८०० कुकुरलाई रेबिजविरुद्धको खोप लगाइएको छ ।

मानिस र कुकुर दुवैको सुरक्षालाई ध्यानमा राखेर होस्टेल सञ्चालन गरिएको उहाँले बताउनुभयो । सडकमा छाडिएका कुकुरले यात्रुलाई टोक्ने तथा सवारी दुर्घटनाको जोखिम बढाउने गरेकाले समस्या समाधानका लागि होस्टेल निर्माण गरिएको हो । होस्टेलमा रहेका कुकुरको हेरचाहका लागि एक जना कर्मचारी खटाइएको छ भने नगरपालिकाको पशु शाखाले नियमित प्राविधिक उपचारको व्यवस्था मिलाएको छ ।

सडकमा छाडिएका कुकुरबाट हुने जोखिम र रेबिजलगायत रोग नियन्त्रण गर्न होस्टेल सञ्चालन गरिएको नगरप्रमुख श्रेष्ठले बताउनुभयो । नगर प्रहरीको सहयोगमा पशु विकास शाखाले सडकका कुकुरलाई खोप लगाउने, उद्धार गर्ने र होस्टेलमा पुर्‍याउने काम गरिरहेको छ । पहिलो चरणमा ५० वटा कुकुर व्यवस्थापन गर्ने नगरपालिकाको लक्ष्य छ ।

होस्टेलमा कुकुरको मेनु : बिहान दूधभात, बेलुका ‘चिकनभात’

होस्टेलमा रहेका कुकुरलाई नियमित खानपान र स्वास्थ्य उपचारको व्यवस्था गरिएको छ । बिहान दूधभात र बेलुका ‘चिकनभात’ खुवाउने गरिएको नगरपालिकाले जनाएको छ । कुकुरलाई आवश्यकताअनुसार पोषणयुक्त खाना खुवाउनुका साथै पशु शाखाबाट नियमित स्वास्थ्य परीक्षण तथा प्राविधिक उपचारसमेत भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

कम उमेर र जबर्जस्ती विवाह अन्त्यका लागि ध्यानाकर्षण

बाली भित्र्याए पनि भकारी जोगाउनै मुस्किल

दुई महिनादेखि खत्याड–रारा सडक अझै अवरुद्ध

काठमाडौंका यी क्षेत्रमा आज र भोलि ५ घण्टा विद्युत् अवरुद्ध हुने

सवारी दुर्घटनामा एकको मृत्यु, चार घाइते

नागढुंगा-मुग्लिन सडक आजदेखि पाँच घण्टा बन्द

नागढुङ्गा-मुग्लिन सडक दैनिक पाँच घण्टा बन्द हुने

भोटेकोशी बाढीपीडितलाई नगद राहत

रुबीभ्यालीमा सडक दुर्घटनाः एकको मृत्यु, नौ जना घाइते

हाइड्रो हेरिटेज पर्यटनको गन्तव्य फर्पिङ

कम्पनीलाई वार्षिक विवरण र कर दाखिला गर्न पुस मसान्तसम्म समय थप

सार्वजनिक शौचालयलाई अनिवार्य सेवाका रुपमा सञ्चालन गर्न निर्देशन