सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

सवारी दुर्घटना बढेपछि बल्खु–दक्षिणकाली–हेटौँडा रुटमा नयाँ सुरक्षा मापदण्ड

२०८३ कार्तिक २८, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ। काठमाडौँ जिल्ला प्रशासन कार्यालयले बल्खु–दक्षिणकाली हुँदै हेटौँडा जाने यात्रुवाहक भाडाका तथा सार्वजनिक सवारीसाधन सञ्चालनका लागि नयाँ समयसीमा निर्धारण गरेको छ।

जिल्ला सुरक्षा समिति काठमाडौँको निर्णयअनुसार अब उक्त रुटमा सञ्चालन हुने यात्रुवाहक सवारीसाधन बेलुका ८ बजेसम्ममा फर्पिङस्थित प्रहरी चेकपोस्ट पुगिसक्नुपर्नेछ। त्यस्तै, बिहान ५ बजेदेखि मात्रै बल्खुबाट उक्त रुटमा सवारीसाधन सञ्चालन गर्न पाइनेछ।

प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलद्वारा जारी सूचनामा यात्रु, चालक र सवारीसाधनको सुरक्षालाई प्राथमिकतामा राख्दै निर्धारित समयतालिका तथा सुरक्षा मापदण्ड अनिवार्य पालना गर्न सम्बन्धित सबैलाई आग्रह गरिएको छ।

शुक्रबार जारी सूचनामार्फत यात्रु सुरक्षालाई मध्यनजर गर्दै यस्तो व्यवस्था गरिएको जनाएको छ।

पछिल्लो समय काठमाडौं–बल्खु–दक्षिणकाली–हेटौँडा सडक खण्डमा सवारी दुर्घटना बढ्दै गएको र दुर्घटनाबाट मानवीय क्षति हुने क्रम चिन्ताजनक रहेको प्रशासनले जनाएको छ।

साँघुरा सडक, भिरालो तथा घुम्तीयुक्त मार्ग, सवारीसाधनको कमजोर यान्त्रिक अवस्था, चालकको लापरवाही, तीव्र गति, रातिको समयमा अँध्यारो सडकमा यात्रा तथा चालकको अत्यधिक कार्यबोझ र अनिद्रालाई दुर्घटनाका प्रमुख कारणका रूपमा औँल्याइएको छ।

त्यस्तै, मादक पदार्थ तथा लागुऔषध सेवन गरी सवारी चलाउने गरेको गुनासोसमेत प्राप्त भएको प्रशासनले जनाएको छ।

प्रशासनले उक्त रुटमा सञ्चालन हुने सबै यात्रुवाहक भाडाका तथा सार्वजनिक सवारीसाधनको अवस्था पूर्ण रूपमा जाँच गरेर मात्रै सञ्चालन गर्न निर्देशन दिएको छ।

यसैगरी, काठमाडौं जिल्लाभित्र उक्त रुटमा पर्ने प्रहरी युनिट तथा ट्राफिक प्रहरीलाई प्रत्येक यात्रुवाहक सवारीसाधन अनिवार्य रूपमा जाँच गर्ने व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न भनिएको छ।

901635494_4655693144644491_526088028422231151_n

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

डिएलएको स्थापना दिवसमा दुई वरिष्ठ अधिवक्तासहित तीन जना सम्मानित

सामाजिक सद्भाव र सदाचार कायम गर्न सबै जिम्मेवार भएर लागौँः मुख्यमन्त्री भट्ट

विदेशमा रहेका नेपालीको मताधिकारः कानुन संशोधनका लागि तीन विकल्प

शान्ति प्रक्रियाका बाँकी काम अविलम्ब पूरा गर्न दाहालको आग्रह

मधेशमा सरकार गठन अन्योलमा, कांग्रेस–एमाले–नेकपाले मागे समय

नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको प्रश्न: ‘टावर छ, नेटवर्क छैन, किन ?’

‘स्थानीय स्रोतको उपयोगबाट समृद्धि र रोजगारी सिर्जना गर्न सकिन्छ’

संविधानको मर्म बमोजिम स्थानीय तह र प्रदेशसभाको निर्वाचन हुन्छ: आयोग

‘प्रधानमन्त्री शाहको भारत भ्रमण आपसी सम्बन्ध विस्तार र आर्थिक गतिविधिमा केन्द्रित हुने’

स्थानीय र प्रदेशसभा निर्वाचन एकैपटक गर्न दलहरूसँग परामर्श

यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णय

निर्वाचन तयारीबारे प्रमुख दलका शीर्ष नेतासँग परामर्श