सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

भारततर्फ जाँदै गरेका दुई युवती गड्डाचौकीबाट नियन्त्रणमा, मानव बेचबिखनको जोखिमबारे जाँचबुझ

२०८३ कार्तिक २८, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

कञ्चनपुर । कञ्चनपुरको गड्डाचौकी नाकाबाट भारततर्फ जाँदै गरेका बर्दियाका दुई युवतीलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर आवश्यक जाँचबुझका लागि सम्बन्धित निकायको जिम्मा लगाएको छ ।

नियन्त्रणमा पर्नेमा बर्दियाको मधुवन नगरपालिका–९ शान्तिटोलका १८ वर्षीया सम्झना सुनार र १९ वर्षीया यशोदा सुनार रहेका छन् । सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म गड्डाचौकीबाट खटिएको टोलीले शुक्रबार सीमा क्षेत्रमा चेकजाँच गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

मानव बेचबिखनको सम्भावित जोखिम तथा असुरक्षित रूपमा सीमा पार गर्न सक्ने अवस्थालाई ध्यानमा राख्दै उनीहरूको सुरक्षा र अवस्थाबारे बुझ्न आवश्यक देखिएपछि नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आवश्यक जाँचबुझ तथा थप कारबाहीका लागि दुवै युवतीलाई आफन्त नेपालकी कार्यालय संयोजक सुनिता सिनाल र इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी नायब निरीक्षक विश्वास खत्रीको जिम्मा लगाइएको छ ।

युवतीहरू भारत जानुको वास्तविक कारण, उनीहरू कुनै जोखिममा थिए वा थिएनन् तथा मानव बेचबिखनसँग सम्बन्धित कुनै गतिविधि भएको थियो कि थिएन भन्ने विषयमा भने थप अनुसन्धान हुन बाँकी छ ।

सीमा क्षेत्रमा हुने सम्भावित मानव बेचबिखन तथा असुरक्षित आवागमनका घटनालाई ध्यानमा राख्दै सुरक्षाकर्मीले शंकास्पद आवागमनमाथि निगरानी र जाँचलाई निरन्तरता दिँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

दैलेखमा बन्चरो प्रहारबाट आमा र दुई छोराछोरीको मृत्यु, एक बालक गम्भीर घाइते

भीमफेदी कारागारबाट भागेका मोक्तान हेटौंडा बसपार्कबाट पक्राउ

कात्तिकमा ७० लाखको सामान बरामद

करिब ४ सय ४३ किलो गाँजा सहित दुई जना पक्राउ

नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने शिक्षकमाथि आरोपपत्र दायर

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जुवातास खेलिरहेको अवस्थामा २५ जना पक्राउ

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ

जुवाको खालबाट २५ जना पक्राउ

दुई थान भरुवा बन्दुकसहित एक जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

मुद्दाका फरार प्रतिवादीहरू पक्राउ