सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

कांग्रेस नेता भूपबहादुर डाँगी र वडाध्यक्ष ताराबहादुर डाँगी जुवाखालबाट पक्राउ

२०८३ कार्तिक २८, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं। दाङमा प्रहरीले जुवा खेलिरहेको अवस्थामा १७ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले घोराही उपमहानगरपालिकाका दुई छुट्टाछुट्टै स्थानमा छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा कांग्रेस स्थानीय नेता भूपबहादुर डाँगी र घोराही उपमहानगरपालिका–१६ का वडाध्यक्ष ताराबहादुर डाँगीसमेत छन्। उनीहरू घोराही–१८ नवलपुरस्थित बसन्त बुढाथोकीको घरमा जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेका हुन्।

प्रहरी नायब उपरीक्षक (डीएसपी) हेमबहादुर केसीको नेतृत्वमा खटिएको टोलीले दुई घरमा खानतलासी गर्दा ५ लाख १२ हजार रुपैयाँ बरामद गरेको जनाएको छ। घटनामा ४ लाख ८ हजार रुपैयाँसहित पक्राउ परेको विवरण पनि प्राप्त भएको छ।

भूपबहादुर डाँगी २०७४ सालको स्थानीय तह निर्वाचनमा घोराही उपमहानगरपालिकाको मेयर पदका उम्मेदवार थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

दैलेखमा बन्चरो प्रहारबाट आमा र दुई छोराछोरीको मृत्यु, एक बालक गम्भीर घाइते

भीमफेदी कारागारबाट भागेका मोक्तान हेटौंडा बसपार्कबाट पक्राउ

कात्तिकमा ७० लाखको सामान बरामद

करिब ४ सय ४३ किलो गाँजा सहित दुई जना पक्राउ

नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने शिक्षकमाथि आरोपपत्र दायर

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जुवातास खेलिरहेको अवस्थामा २५ जना पक्राउ

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ

जुवाको खालबाट २५ जना पक्राउ

दुई थान भरुवा बन्दुकसहित एक जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

मुद्दाका फरार प्रतिवादीहरू पक्राउ