सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

शरीरमा पेट्रोल छर्केर आगो लगाई फरार भएका व्यक्ति पक्राउ

२०८३ कार्तिक २९, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं । दाङको राजपुर गाउँपालिकामा एक व्यक्तिको शरीरमा पेट्रोल छर्केर आगो लगाई फरार भएका व्यक्ति पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार राजपुर गाउँपालिका २ मटेरियाका ३८ वर्षीय त्रिलोकसिंह कार्कीले सोही ठाउँका ४१ वर्षीय रुपलाल चौधरीको शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए।

गत कात्तिक २८ गते दिउँसो करिब साढे २ बजे कार्कीले आफ्नो मोटरसाइकलबाट पेट्रोल निकालेर चौधरीको शरीरमा छर्की आगो लगाएको प्रहरीको भनाइ छ । घटनापछि फरार भएका कार्कीको खोजी गर्ने क्रममा प्रहरीले उनलाई लमही नगरपालिका–५ रातोडाँडाबाट फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक श्रीकुमार पौडेलले जानकारी दिनुभयो ।

उहाँको अनुसार आगोले घाइते भएका चौधरीलाई उपचारका लागि लमही अस्पताल लगिएको थियो । थप उपचारका लागि उहाँलाई नेपालगञ्जस्थित भेरी अञ्चल अस्पतालमा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक पौडेलले जानकारी दिनुभयो । पक्राउ परेका कार्कीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

दैलेखमा बन्चरो प्रहारबाट आमा र दुई छोराछोरीको मृत्यु, एक बालक गम्भीर घाइते

भीमफेदी कारागारबाट भागेका मोक्तान हेटौंडा बसपार्कबाट पक्राउ

कात्तिकमा ७० लाखको सामान बरामद

करिब ४ सय ४३ किलो गाँजा सहित दुई जना पक्राउ

नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने शिक्षकमाथि आरोपपत्र दायर

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जुवातास खेलिरहेको अवस्थामा २५ जना पक्राउ

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ

जुवाको खालबाट २५ जना पक्राउ

दुई थान भरुवा बन्दुकसहित एक जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

मुद्दाका फरार प्रतिवादीहरू पक्राउ