सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

दूध बेचेर आत्मनिर्भर, दुई जनालाई रोजगारी

२०८३ कार्तिक २९, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

इलाम, २९ कात्तिकः सूर्योदय नगरपालिका–८ कजेनीका दिनेश महतले व्यावसायिक गाईपालनबाट राम्रो आम्दानी गर्दै दुई जना स्थानीय युवालाई रोजगारीसमेत दिनुभएको छ ।

चार वर्षअघि रु ३० लाख लगानीमा ‘बिएण्डएम कृषि तथा पशुपालन फार्म’ सञ्चालन गर्नुभएका महतको फार्ममा हाल १० माउ गाई छन् । तीमध्ये पाँच दुहुना र पाँच वटा चाँडै बियाउने स्थितिमा छन् । फार्ममा १४ बाच्छी पनि हुर्किरहेका छन् ।

उहाँले दैनिक ५० देखि ६० लिटर दूध उत्पादन गरी प्रतिलिटर रु ५५ देखि ६० सम्ममा नजिकैको सहकारीमा बिक्री गर्दै आउनुभएको छ । दूध बिक्रीबाट वार्षिक करिब रु ११ लाख आम्दानी हुने उहाँले बताउनुभयो । लगानीअनुसार दूधको मूल्य कम पाएको उहाँको गुनासो छ ।

गाईपालनबाट स्वरोजगार बन्नुभएका महतले फार्ममा दुई युवालाई खानबस्न सुविधासहित मासिक रु १८ हजार तलब दिएर रोजगारी दिनुभएको छ । फार्म सञ्चालनका लागि ३० रोपनी जमिनमा सुपर नेपियर, अम्रिसो तथा अन्य प्रजातिका घाँस लगाउनुभएको छ ।

गाईपालनसँगै उहाँले १०० रोपनी जग्गा भाडामा लिएर ४० रोपनीमा व्यावसायिक स्कुस र बाँकी क्षेत्रमा चियाखेतीसमेत गर्दै आउनुभएको छ । गाईको मल आफ्नै कृषि खेतीमा प्रयोग गर्ने गरेको उहाँले बताउनुभयो ।

गाउँमै बसेर विदेशमा भन्दा राम्रो आम्दानी गर्न सकिने सन्देश दिन आफूले व्यावसायिक कृषि तथा पशुपालन रोजेको महत बताउनुहुन्छ । युवालाई स्वदेशमै स्वरोजगारी गर्न प्रेरित गर्नुपर्नेमा उहाँको जोड छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

नागढुङ्गा-मुग्लिन सडक दैनिक पाँच घण्टा बन्द हुने

भोटेकोशी बाढीपीडितलाई नगद राहत

रुबीभ्यालीमा सडक दुर्घटनाः एकको मृत्यु, नौ जना घाइते

हाइड्रो हेरिटेज पर्यटनको गन्तव्य फर्पिङ

कम्पनीलाई वार्षिक विवरण र कर दाखिला गर्न पुस मसान्तसम्म समय थप

सार्वजनिक शौचालयलाई अनिवार्य सेवाका रुपमा सञ्चालन गर्न निर्देशन

‘अक्वान’ चक्रवातको आंशिक प्रभाव

सात वर्षमा पनि बनेन मुस्ताङको लेते–धम्पु पुल

ध्वनि प्रदूषण फैलाउने एक हजारभन्दा बढी मोटरसाइकल कारबाहीमा

बाजुरामा यस वर्ष ३३७ मेट्रिकटन स्याउ उत्पादन

उपभोक्तालाई स्वच्छ मासु उपलब्ध गराउन सरकारले सक्रियता बढाउँदै

तीन महिनामा ४५ आगलागीका घटना, १७ करोड बढीको क्षति