सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

मानव–वन्यजन्तु सहअस्तित्वको नवीनतम उपाय खोज्न भुटानमा अन्तरराष्ट्रिय सम्मेलन सुरु

२०८३ कार्तिक ३०, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, ३० कात्तिकः मानव र वन्यजन्तुबीच बढ्दो द्वन्द्व न्यूनीकरण गर्दै सहअस्तित्वका लागि दीर्घकालीन र दिगो उपाय खोज्ने उद्देश्यले भुटानको थिम्पुमा तीनदिने अन्तरराष्ट्रिय सम्मेलन सुरु भएको छ ।

‘साझा भू–दृश्यमा द्वन्द्व व्यवस्थापनबाट उत्थानशील प्रणालीतर्फ’ भन्ने मूल नारासहित आजदेखि सुरु सम्मेलन आगामी मङ्सिर २ गतेसम्म सञ्चालन हुनेछ ।

विश्व वन्यजन्तु कोष नेपालका राष्ट्रिय प्रतिनिधि डा घनश्याम गुरुङले वन क्षेत्रको विस्तार, पूर्वाधार निर्माण, भूमिको उपयोगमा परिवर्तन, जलवायु परिवर्तन तथा जनसङ्ख्याको चापलगायत कारणले मानव र वन्यजन्तुबीचको द्वन्द बढिरहेको सन्दर्भमा सम्मेलन आयोजना गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘मानव–वन्यजन्तु सहअस्तित्वमा नवीनतम उपायको प्रर्वद्धन’ विषयक सम्मेलन विश्व वन्यजन्तु कोष भुटानको सह–आयोजना भएको हो ।
विशेषगरी संरक्षित क्षेत्रबाहिर मानव बस्ती तथा कृषि क्षेत्रमा वन्यजन्तुको आवागमन बढ्दा स्थानीय समुदायको जीविकोपार्जन, खाद्य सुरक्षा र सुरक्षामा चुनौती थपिएकाले सम्मेलनमा यस विषयमा  छलफल हुनेछ ।

सम्मेलनमा नीति निर्माता, अनुसन्धानकर्ता, संरक्षणकर्मी, स्थानीय समुदाय, विकास साझेदार तथा विभिन्न संस्थाका प्रतिनिधिको सहभागिता रहनेछ ।

उहाँका अनुसार सम्मेलनमा मानव–वन्यजन्तु सहअस्तित्वका क्षेत्रमा भएका अभ्यास, नवीनप्रविधि, सफल अनुभव र चुनौतीबारे छलफल हुनेछ । डा गुरुङका अनुसार तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा पहिलो दिन मानव–वन्यजन्तु सहअस्तित्वका पारिस्थितिक, सामाजिक, संस्थागत तथा भू–दृश्यसम्बन्धी जटिलता र चुनौतीबारे छलफल हुनेछ ।

परम्परागत द्वन्द्व व्यवस्थापनका उपाय किन पर्याप्त हुन सकेनन् भन्ने विषयमा समेत सहभागीबीच अनुभव आदानप्रदान हुनेछ ।

त्यस्तै सामुदायिक सहभागिता, वैज्ञानिक अनुसन्धान, प्रविधि, अनुकूलनशील व्यवस्थापन, दिगो वित्तीय स्रोत र भू–दृश्यस्तरको योजनामार्फत सहअस्तित्व प्रर्वद्धन गर्ने नवीनतम उपायबारे छलफल हुनेछ ।

भुटान र समग्र पूर्वी हिमाली क्षेत्रमा मानव–वन्यजन्तु सहअस्तित्वका लागि साझा कार्ययोजना, संस्थागत सहकार्य, अनुगमन प्रणाली र दीर्घकालीन वित्तीय व्यवस्थाका सम्भावनाबारे छलफल गरिनेछ । डा गुरुङका अनुसार, सम्मेलनमा हात्ती, बाघ, हिउँचितुवालगायत वन्यजन्तुलाई मानव–वन्यजन्तु द्वन्दका फरक आयाम बुझ्ने आधारका रूपमा प्रस्तुत गरिनेछ । ती वन्यजन्तुले बासस्थानको सम्पर्क, पूर्वाधारको दबाब, संरक्षणको सफलता र स्थानीय जीविकोपार्जनमा पर्ने प्रभावलाई उजागर गर्दै आएको आयोजकको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

डिएलएको स्थापना दिवसमा दुई वरिष्ठ अधिवक्तासहित तीन जना सम्मानित

सामाजिक सद्भाव र सदाचार कायम गर्न सबै जिम्मेवार भएर लागौँः मुख्यमन्त्री भट्ट

विदेशमा रहेका नेपालीको मताधिकारः कानुन संशोधनका लागि तीन विकल्प

शान्ति प्रक्रियाका बाँकी काम अविलम्ब पूरा गर्न दाहालको आग्रह

मधेशमा सरकार गठन अन्योलमा, कांग्रेस–एमाले–नेकपाले मागे समय

नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको प्रश्न: ‘टावर छ, नेटवर्क छैन, किन ?’

‘स्थानीय स्रोतको उपयोगबाट समृद्धि र रोजगारी सिर्जना गर्न सकिन्छ’

संविधानको मर्म बमोजिम स्थानीय तह र प्रदेशसभाको निर्वाचन हुन्छ: आयोग

‘प्रधानमन्त्री शाहको भारत भ्रमण आपसी सम्बन्ध विस्तार र आर्थिक गतिविधिमा केन्द्रित हुने’

स्थानीय र प्रदेशसभा निर्वाचन एकैपटक गर्न दलहरूसँग परामर्श

यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णय

निर्वाचन तयारीबारे प्रमुख दलका शीर्ष नेतासँग परामर्श