सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

अध्यक्ष दाहालसँग फ्रान्स–नेपाल संसदीयमैत्री सामूहिक भेट

२०८३ मंग्सिर १, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ,  १ मङ्सिर : राष्ट्रियसभाका  अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपाल भ्रमणमा रहेका फ्रान्सको संसदीय प्रतिनिधि मण्डलले शिष्टाचार भेटवार्ता गरेको छ ।

अध्यक्ष दाहालको कार्यकक्ष, सिंहदरबारस्थित फ्रान्सेली संसद्को तल्लो सदन अन्तर्गतको फ्रान्स–नेपाल संसदीय समूहका अध्यक्ष म्याडम बेआट्रिस पिरोन नेतृत्वको टोलीले शिष्टाचार भेट गरेको अध्यक्ष दाहालको सचिवालयले जनाएको हो ।

भेटमा दुई देशबीचको कूटनीतिक सम्बन्ध, आपसीहित र संसदीय सहकार्यका विषयमा कुराकानी भएको थियो । सो अवसरमा अध्यक्ष दाहालले संसदीयमैत्री समूहको भ्रमणले द्विपक्षीय तथा संसदीय सम्बन्धलाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । नेपाल–फ्रान्स संसदीय सम्बन्ध विस्तारका लागि सङ्घीय संसद्को तर्फबाट आठ सदस्यीय नेपाल–फ्रान्स संसदीयमैत्री समूह गठन गरिएको जानकारी गराउँदै अध्यक्ष दाहालले दुई देशका संसद्को सहकार्य र अनुभव आदानप्रदानले कूटनीतिक सम्बन्ध थप मजबुत हुने विश्वास व्यक्त गर्नुभयो ।

गत भदौको विनाशकारी बाढीपछि फ्रान्सेली राष्ट्रपतिको समवेदना सन्देश, फ्रान्सको ऐक्यबद्धता तथा युरोपेली सङघमार्फत उपलब्ध गराइएको मानवीय सहायताप्रति अध्यक्ष दाहालले आभार व्यक्त गर्नुभयो ।  उहाँले बाढीमा बेपत्ता भएका चार फ्रान्सेली नागरिकका परिवारप्रति समवेदना व्यक्त गर्दै कठिन परिस्थितिमा फ्रान्सेली सरकारले गरेको सहयोगको प्रशंसा गर्नुभयो ।

सो अवसरमा फ्रान्स–नेपाल संसदीयमैत्री समूहकी अध्यक्ष म्याडम बेआट्रिस पिरोनले आफू पहिलोपटक नेपाल भ्रमणमा आएको उल्लेख गर्दै आफू यहाँको वातावरणले निकै प्रभावित भएको बताउनुभयो ।

आफूहरुले फ्रान्सको संसद्बाट फ्रान्स–नेपाल संसदीयमैत्री समूह पहिले नै गठन गरिसकेको उल्लेख गर्दै अध्यक्ष पिरोनले मैत्री समूहमार्फत संसदीय अभ्यास आदानप्रदान बढाउनुपर्नेमा जोड दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव

विकास–निर्माण थाल्नुअघि भौगर्भिक अध्ययन गर्नुपर्नेमा सभामुखको जोड

सभामुख अर्याल र अध्यक्ष याङ्गबीच शिष्टचार भेट

सभामुख अर्यालसंग फ्रान्स–नेपाल संसदीय समूहका अध्यक्ष पिरोनको शिष्टाचार भेट

विकासका लागि साझा संवाद गरौँ: सभामुख अर्याल

सबै नागरिकले सुरक्षित महसुस गर्ने राज्य निर्माण गर्नु आजको आवश्यकता : सभामुख अर्याल

छठले सामाजिक सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता बलियो बनाओस् : सभामुख अर्याल

मधेस प्रदेशसभा शनिबार दिउँसो १ः०० बजेदेखि आह्वान

मधेस प्रदेशसभाको बैठक कात्तिक २८ गते आह्वान

नेपाल संवत् सम्पूर्ण नेपालीको साझा राष्ट्रिय सम्पदा हो : सभामुख अर्याल

नेपाल संवत् सम्पूर्ण नेपालीको साझा सम्पदा होः सभामुख अर्याल

रैथाने उत्पादनको बजार विस्तार तथा प्रवर्द्धन गर्न आवश्यक : सभामुख अर्याल