सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

बाजुरामा यस वर्ष ३३७ मेट्रिकटन स्याउ उत्पादन

२०८३ मंग्सिर ३, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

बाजुरा, ३ मङ्सिर: हिमाली तथा उच्च पहाडी क्षेत्रको हावापानी स्याउखेतीका लागि अनुकूल मानिने बाजुरामा पछिल्लो समय उत्पादनमा वृद्धि हुँदै गएको छ । जिल्लामा स्याउखेती विस्तार हुन थालेपछि उत्पादन क्षेत्रफलसँगै फल दिने बोटको सङ्ख्या र उत्पादन परिमाणसमेत बढ्दै गएको हो ।

जिल्लास्थित कृषि ज्ञान केन्द्रका अनुसार विगतका वर्षको तुलनामा यस वर्ष उत्पादनमा वृद्धि भएको छ । यस वर्ष ३३७ मेट्रिकटन अर्थात् तीन हजार ३७० क्विन्टल स्याउ फलेको कार्यालयका सूचना अधिकारी प्रेमराज न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार क्षेत्रफल विस्तार भएसँगै उत्पादनमा वृद्धि भएको हो ।

“यहाँ मुख्य गरी चार स्थानीय तहमा स्याउ खेती गरिन्छ”, न्यौपानेले भन्नुभयो, “यस वर्ष सबैभन्दा बढी स्वामीकार्तिक खापर १२५, जगन्नाथ ९७, हिमाली गाउँपलिकामा ३७ र बुढीनन्दा नगरपालिकामा ७८ गरी कुल ३३७ मेट्रिकटन स्याउ फलेको हो ।” उहाँले कुल उत्पादनमध्ये ५६ प्रतिशत मात्रै बिक्री भएको जानकारी दिनुभयो ।

जिल्लाभित्र र बाहिर गरी रु एक करोड ७१ लाख ३७ हजार बराबरको स्याउ बिक्री भएको केन्द्रका सूचना अधिकारी न्यौपानेले जानकारी दिनुभयो । जिल्लामा गत वर्ष रु एक करोड ५० लाख बराबरको स्याउ बिक्री भएको थियो । जिल्लामा हाल ४२५ हेक्टर क्षेत्रफलमा स्याउ लगाइएकोमा २१० हेक्टरमा मात्रै उत्पादन भइरहेको छ भने चार पालिकासहित खप्तड छेडेदह, गौमुललागयतका क्षेत्रमा पनि स्याउखेती विस्तार भइरहेको कार्यालयले जनाएको छ । कृषि ज्ञान केन्द्रका प्रमुख हरिशबहादुर विष्टले गत वर्षको तुलनामा क्षेत्रफल विस्तार भएसँगै उत्पादन बढे पनि अपेक्षाअनुसार बिक्री  हुन नसकेको बताउनुभयो ।

“वर्षातमा अवरुद्ध सडक स्याउ पाक्ने समयसम्म ढिलो गरी सञ्चालन हुँदा बजारीकरणका लागि ढुवानीमा समस्या भयो”, प्रमुख विष्टले भन्नुभयो, “दसैँमा सडक खुलेपछि मात्रै स्थानीय बजारसँगै सदरमुकाम मार्तडी र धनगढी, नेपालगञ्जसम्म यहाँको स्याउ बिक्री भएको हो ।” यस्तै हरेक वर्ष स्याउ ढुवानीका लागि कार्यालयबाट अनुदान दिने गरेको भए पनि यस वर्ष सुदूरपश्चिम प्रदेश सरकारको बजेट नआउँदा किसानले आफैँ ढुवानी गरेर बिक्री गर्नु पर्ने अवस्था भएकाले पनि समस्या भएको उहाँले बताउनुभयो ।

किसानले लगानी र मिहिनेतअनुसार उत्पादन लिन थालेपछि पहिल्लो समय यहाँ स्याउखेतीप्रति आकर्षण बढ्दै गएको बताउँदै कार्यालयले पनि क्षेत्रफल विस्तार तथा बगैँचा सुदृढीकरणका लागि अनुदानमार्फत विभिन्न कार्यक्रम सञ्चालन भइरहेको कार्यालय प्रमुख विष्टले उल्लेख गर्नुभयो । उहाँका अनुासर जिल्लामा पछिल्लो समय स्थानीय जातका स्याउसँगै फुजी, गाला, गोल्डेन, रोयल डेलिसियसलगायत उन्नत जातका स्याउखेती पनि विस्तार हुन थालेको छ ।

यहाँ स्याउ उत्पादनमा वृद्धि हुँदै गए पनि किसानले उत्पादन अनुसारको बजार र मूल्य पाउन भने अझै चुनौती झेलिरहेका छन् । जिल्लाका किसानलाई  बारीबाट स्याउलाई बजारसम्म पुर्‍याउन सहज सडक र भरपर्दो ढुवानी सेवाको अभाव रहेको प्रमुख विष्टको भनाइ छ ।

विशेषगरी वर्षायाममा सडक अवरुद्ध हुँदा उत्पादित स्याउ समयमै बजारसम्म पुर्‍याउन समस्या हुने गरेको बुढीनन्दा नगरपालिका–९ पाण्डुसैनका किसान उज्जल रावतले बताउनुभयो । उहाँका अनुसार स्याउ उत्पादन हुने याममा सडक अवरुद्ध हुँदा बोकेर बजारसम्म पुर्‍याउनु पर्ने बाध्यता रहदैँ आएको छ भने अधिकांश स्याउ बारीमै खेर जाने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

नागढुङ्गा-मुग्लिन सडक दैनिक पाँच घण्टा बन्द हुने

भोटेकोशी बाढीपीडितलाई नगद राहत

रुबीभ्यालीमा सडक दुर्घटनाः एकको मृत्यु, नौ जना घाइते

हाइड्रो हेरिटेज पर्यटनको गन्तव्य फर्पिङ

कम्पनीलाई वार्षिक विवरण र कर दाखिला गर्न पुस मसान्तसम्म समय थप

सार्वजनिक शौचालयलाई अनिवार्य सेवाका रुपमा सञ्चालन गर्न निर्देशन

‘अक्वान’ चक्रवातको आंशिक प्रभाव

सात वर्षमा पनि बनेन मुस्ताङको लेते–धम्पु पुल

ध्वनि प्रदूषण फैलाउने एक हजारभन्दा बढी मोटरसाइकल कारबाहीमा

उपभोक्तालाई स्वच्छ मासु उपलब्ध गराउन सरकारले सक्रियता बढाउँदै

तीन महिनामा ४५ आगलागीका घटना, १७ करोड बढीको क्षति

विश्वका प्रदूषित सहरमध्ये काठमाडौं तेस्रो स्थानमा