सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

कम्पनीलाई वार्षिक विवरण र कर दाखिला गर्न पुस मसान्तसम्म समय थप

२०८३ मंग्सिर ४, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं। कम्पनी रजिस्ट्रारको कार्यालयले कम्पनीहरूलाई आर्थिक वर्ष २०८२/८३ सम्मको वार्षिक विवरण तथा कर, शुल्क, दस्तुर र जरिवाना बुझाउने अवधि थप गरेको छ।

कार्यालयले अन्तिम समयमा मात्रै विवरण तथा फाइलहरू पेस गर्ने प्रवृत्तिका कारण अनलाइन प्रणालीमा चाप पर्ने र सेवा प्रवाहमा अवरोध आउन सक्ने अवस्थालाई ध्यानमा राख्दै कम्पनीहरूलाई पुस मसान्तसम्मको अतिरिक्त समय दिएको हो।

कम्पनी रजिस्ट्रारको कार्यालयले २०८२/८३ सम्मको कानुनबमोजिम लाग्ने कर, शुल्क, दस्तुर तथा जरिवाना बुझाउन बाँकी रहेका कम्पनीलाई उक्त सुविधा दिएको हो।

कार्यालयले २०८३ कात्तिक ३ गते जारी गरेको सूचनाअनुसार कम्पनी ऐन, २०६३ बमोजिम दर्ता भएका कम्पनीले कारोबार सञ्चालनलाई निरन्तरता दिन वा कम्पनीको दर्ता खारेज गर्न चाहेमा आर्थिक ऐन, २०८३ को दफा ४८ बमोजिम बुझाउनुपर्ने कर, शुल्क, दस्तुर तथा जरिवाना दाखिला गर्नुपर्नेछ।

यसअघि सरकारले आर्थिक ऐन, २०८३ को व्यवस्थाअनुसार कम्पनीहरूलाई उक्त रकम दाखिला गर्ने सुविधा दिएको थियो। तर अन्तिम समयमा विवरण तथा फाइल पेस गर्ने प्रवृत्तिका कारण कार्यालयको अनलाइन प्रणालीमा अत्यधिक चाप पर्ने र सेवा प्रवाह प्रभावित हुन सक्ने भन्दै कम्पनी रजिस्ट्रारको कार्यालयले समयमै विवरण पेस गर्न आग्रह गरेको छ।

कार्यालयले कम्पनीहरूलाई अनलाइन प्रणालीमार्फत CAMIS मा आवश्यक विवरण पेस गरी कानुनबमोजिमको कर, शुल्क, दस्तुर तथा जरिवाना मिनाहासम्बन्धी सुविधाको लाभ लिन पनि अनुरोध गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

नागढुङ्गा-मुग्लिन सडक दैनिक पाँच घण्टा बन्द हुने

भोटेकोशी बाढीपीडितलाई नगद राहत

रुबीभ्यालीमा सडक दुर्घटनाः एकको मृत्यु, नौ जना घाइते

हाइड्रो हेरिटेज पर्यटनको गन्तव्य फर्पिङ

सार्वजनिक शौचालयलाई अनिवार्य सेवाका रुपमा सञ्चालन गर्न निर्देशन

‘अक्वान’ चक्रवातको आंशिक प्रभाव

सात वर्षमा पनि बनेन मुस्ताङको लेते–धम्पु पुल

ध्वनि प्रदूषण फैलाउने एक हजारभन्दा बढी मोटरसाइकल कारबाहीमा

बाजुरामा यस वर्ष ३३७ मेट्रिकटन स्याउ उत्पादन

उपभोक्तालाई स्वच्छ मासु उपलब्ध गराउन सरकारले सक्रियता बढाउँदै

तीन महिनामा ४५ आगलागीका घटना, १७ करोड बढीको क्षति

विश्वका प्रदूषित सहरमध्ये काठमाडौं तेस्रो स्थानमा