सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

‘प्रकृति संरक्षणको नेतृत्व स्थानीय नागरिकले नै गर्नुपर्छ’

२०८३ मंग्सिर ५, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

ललितपुर, ५ मङ्सिरः भुटानका पूर्वप्रधानन्यायाधीश तथा राष्ट्रिय वातावरण आयोगका विशेष सल्लाहकार दाशो पाल्जोर जिग्मे दोर्जीले प्रकृति र वातावरण संरक्षणको नेतृत्व सम्बन्धित देशका नागरिकले नै गर्नुपर्ने बताउनुभएको छ ।

जेभियर एकेडेमीले आज राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी), खुमलटारमा आयोजना गरेको ‘नेपालका प्रमुख वातावरणीय चुनौती समाधानका लागि आगामी पाँच वर्षमा आवश्यक प्रमुख कदम’ विषयक कार्यक्रमका प्रमुख वक्ता दोर्जीले संरक्षणका लागि आफ्नै देशका नागरिकलाई सक्षम र सचेत बनाउनुपर्नेमा जोड दिनुभयो ।

भुटानको संरक्षण यात्राबारे अनुभव सुनाउँदै उहाँले संरक्षण अभियानमा तत्कालीन राजा जिग्मे सिङ्गे वाङ्चुकको राजनीतिक इच्छाशक्ति र सहयोग महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँले आफ्नो जीवनमा हासिल गरेका उपलब्धिको श्रेय राजाको संरक्षणसम्बन्धी दृष्टिकोण र समर्थनलाई दिनुभयो ।

उहाँले सन् १९८४ मा भुटानमा विभिन्न अनुसन्धानका लागि विदेशी अनुसन्धानकर्ता आउने गरेको र सन् १९८५ मा उनीहरूलाई देशबाट फर्काउने निर्णय गरिएको प्रसङ्ग उल्लेख गर्नुभयो ।

तत्कालीन राजाले उक्त निर्णयको कारणबारे जिज्ञासा राख्दा आफूले भुटानी विद्यार्थीलाई विज्ञान अध्ययन, अनुसन्धान र नयाँ आविष्कारका लागि प्रोत्साहित गर्नुपर्ने तथा उनीहरू सक्षम नहुँदासम्म देशको प्राकृतिक सम्पदा सुरक्षित राख्नुपर्ने तर्क प्रस्तुत गरेको उहाँले बताउनुभयो ।

विदेशी अनुसन्धानकर्ताले सबै अध्ययन र अनुसन्धान गर्दा भविष्यमा भुटानी युवाले आफ्नै देशको प्रकृति र जैविक विविधताबारे अनुसन्धान गर्ने अवसर गुमाउन सक्ने चिन्ता आफूले व्यक्त गरेको उहाँको भनाइ थियो ।

कार्यक्रममा नेपालका वातावरणीय चुनौती तथा आगामी पाँच वर्षमा संरक्षणका क्षेत्रमा अपनाउनुपर्ने प्राथमिक कदमबारे क्लाइमेट चेन्ज एण्ड को–एक्जिस्टेन्स वल्र्डवाइडका संस्थापक तथा अध्यक्ष अरूप राजौरिया, राष्ट्रिय प्रकृति संरक्षण कोषका वरिष्ठ संरक्षण अधिकृत अशोक सुवेदी र डब्लुडब्लुएफ नेपालका संरक्षण कार्यक्रम निर्देशक डा कञ्चन थापाले छलफल गर्नुभएको थियो । राष्ट्रिय अनुसन्धान परिषद् थाइल्यान्डका सल्लाहकार तथा एसियाली विकास बैंकका पूर्वजलवायु परिवर्तन समन्वय एकाइ प्रमुख रोबर्ट (बब) जे डोबियासले छलफल सहजीकरण गर्नुभएको थियो ।

यस अवसरमा वन्यजन्तु संरक्षण, वातावरणीय शिक्षा तथा जैविक विविधता संरक्षणमा योगदान पुर्‍याउनुभएका नेपाली संरक्षणकर्मी किरणराज रिजाललाई चौथो बब एण्ड जाङ/जेभियर एकेडेमी संरक्षण पुरस्कार–२०२६ प्रदान गरिएको थियो ।

अवैध रूपमा ओसारपसार गरिएका वन्यजन्तु तथा चराचुरुङ्गीको उद्धार, समुदायमा आधारित प्राकृतिक स्रोत व्यवस्थापन र नयाँ पुस्तामा प्रकृतिप्रतिको चेतना अभिवृद्धिमा उहाँको योगदान रहेको छ । उहाँ वाइल्डलाइफ कन्जर्भेसन नेपाल (डब्लुसीएन) तथा राष्ट्रिय प्रकृति संरक्षण कोषसँग आबद्ध रहेर संरक्षणका गतिविधिमा सक्रिय हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

एनपिएलका आठवटै क्लबका लागि क्रिकेट रङ्गशाला निर्माण गरिनेछ : प्रधानमन्त्री

प्रधानमन्त्री शाह आइतबार भारतको राजकीय भ्रमणमा जादैँ

परराष्ट्रमन्त्री खनालसँग जापानी उपविदेशमन्त्री फुजीको शिष्टाचार भेटवार्ता

डिएलएको स्थापना दिवसमा दुई वरिष्ठ अधिवक्तासहित तीन जना सम्मानित

सामाजिक सद्भाव र सदाचार कायम गर्न सबै जिम्मेवार भएर लागौँः मुख्यमन्त्री भट्ट

विदेशमा रहेका नेपालीको मताधिकारः कानुन संशोधनका लागि तीन विकल्प

शान्ति प्रक्रियाका बाँकी काम अविलम्ब पूरा गर्न दाहालको आग्रह

मधेशमा सरकार गठन अन्योलमा, कांग्रेस–एमाले–नेकपाले मागे समय

नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको प्रश्न: ‘टावर छ, नेटवर्क छैन, किन ?’

‘स्थानीय स्रोतको उपयोगबाट समृद्धि र रोजगारी सिर्जना गर्न सकिन्छ’

संविधानको मर्म बमोजिम स्थानीय तह र प्रदेशसभाको निर्वाचन हुन्छ: आयोग

‘प्रधानमन्त्री शाहको भारत भ्रमण आपसी सम्बन्ध विस्तार र आर्थिक गतिविधिमा केन्द्रित हुने’