सदाबहार खबरको रफ्तार ....
मंग्सिर ६, २०८३ आइतबार
November 22, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

प्रहरीद्वारा अपराधका घटनामा संलग्नको ‘प्रोफाइल’ तयार

२०८३ मंग्सिर ६, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

वीरगञ्ज (पर्सा), ६ मङ्सिरः गत कात्तिक महिनामा पर्सा जिल्लामा ११८ वटा अपराधका घटनासम्बन्धी उजुरी दर्ता भएको पाइएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार यसै अवधिमा विभिन्न घटनासम्बन्धी मुद्दाका फरार तथा प्रतिवादीमध्ये १२२ जना पक्राउ गरिएको छ ।

त्यस अवधिमा सङ्गठित तथा सामाजिक अपराधका २२, ज्यानसम्बन्धी ११, आत्महत्याका आठ, चोरीसम्बन्धी आठ,  आर्थिक अपराधका ४९, बालबालिकासम्बन्धी चार, सवारी ज्यानका दुई र अन्य प्रकृतिका १४ घटना दर्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिनुभयो ।

सोही अवधिमा अदालतबाट फैसला भई कार्यान्वयन हुन बाँकी मुद्दासँग सम्बन्धित ८५ जना पक्राउ परेको उहाँले बताउनुभयो । अदालतले उनीहरुबाट रु ३२ लाख सात हजार ६३२ जरिवाना असुल गर्न पर्ने निर्णय सुनाएको थियो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार, गत कात्तिकमा कर्तव्य ज्यान र हातहतियारसम्बन्धी एक–एक,  बैङ्किङ कसुरका १४, ठगी र मुद्रासम्बन्धी दुई–दुई वटा घटना जिल्लामा दर्ता भएका छन् ।

त्यस्तै, लागुऔषध नियन्त्रण अभियानअन्तर्गत प्रहरीले त्यस अवधिमा १४ वटा मुद्दा दर्ता गरेको र त्यसमा संलग्न भएको अभियोगमा १७ जनालाई पक्राउ गरेको छ ।

त्यस क्रममा ३८ ग्राम गाँजा, ६५ ग्राम ८५८ मिलिग्राम ब्राउनसुगर र १४ ग्राम ६४० मिलिग्राम चरेस बरामद गरिएको जनाइएको छ ।

त्यसैगरी, नाइट्राजेपाम ट्याब्लेट, बुप्रेनोर्फिनका २८ एम्पुल, डाइजेपामका ३७ एम्पुल र प्रोमेथाजिन हाइड्रोक्लोराइडका १९ एम्पुल बरामद गरिएको प्रहरीको विवरणमा उल्लेख छ । गत महिना लागुऔषध दुरुपयोग नियन्त्रण तथा सचेतनाका लागि प्रहरीले ३१ वटा कार्यक्रममार्फत ५१४ जनालाई सचेतना दिलाएको छ ।

प्रहरीले पछिल्लो समयमा अपराध न्यूनीकरण तथा शान्तिसुरक्षा कायम गर्न जिल्लाका विभिन्न स्थानमा सिसिटिभी जडान, ‘क्युआर’ तथा ‘डिजिटल’ निगरानी प्रविधिको प्रयोग, सामाजिक सञ्जाल निगरानी, गोप्य सूचना सङ्कलन र नियमित गस्तीलाई चुस्त तुल्याएको जानकारी दिएको छ ।

त्यस्तै, ‘मोबाइल क्विक रेस्पोन्स’ टोली परिचालन, सीमा क्षेत्रमा निगरानी तथा रात्रिकालीन समयमा वरिष्ठ प्रहरी अधिकृतको ‘कमान्ड’मा ‘चेकिङ’ गर्ने व्यवस्था मिलाइएको जनाइएको छ ।

पछिल्लो समय प्रहरीले आपराधिक पृष्ठभूमि भएका व्यक्तिको विगतका घटनामा संलग्नताका आधारमा ३५ वटा ‘प्रोफाइल’ पनि तयार गरेको प्रवक्ता मल्लले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

जेब्रा क्रसिङमा सवारी नरोक्ने र सार्वजनिक यातायातमा दुर्व्यवहार हुने गरेको गुनासो

प्रहरी कर्मचारीका गुनासा सुन्न केन्द्रीय डेस्क स्थापना

नेपाली सेनाले जनताको सूचनाको हकको सम्मान गर्छः प्रवक्ता श्रेष्ठ

सहायक रथी राजेन्द्र श्रेष्ठले सम्हाले नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी

दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा

सहकारी ठगी मुद्दामा नेपाली सहित सात जनालाई कैद र जरिवाना

जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता

कानुनी व्यवस्था मिलाएर पीडितलाई राहत दिन्छौँ: सभामुख अर्याल

दक्षिण सुडानमा नेपाली शान्ति सैनिकको अन्तर्राष्ट्रिय सम्मान, १२६ जनाले पाए यूएन पदक

नेपालको ऋण मुक्तिको सङ्कल्पले महालक्ष्मी विशेष साधना

‘विपदमा संगठनको नेतृत्वदायी भूमिका राज्यको विपद् प्रतिकार्य क्षमताको महत्त्वपूर्ण आधार बनेको छ’ : नेपाली सेना

काठमाडौँ महानगरद्वारा ‘जलवायुका लागि बालबालिका’ शीर्षकमा भिडियो प्रतियोगिता