सदाबहार खबरको रफ्तार ....
मंग्सिर ७, २०८३ सोमबार
November 23, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

काठमाडौँलाई बस्न योग्य सहर बनाउने मन्त्री श्रेष्ठको प्रतिबद्धता

२०८३ मंग्सिर ७, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, ७ मङ्सिरः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागमती र विष्णुमती नदीलाई सफा बनाई काठमाडौँलाई सुरक्षित तथा बस्नयोग्य सहरका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

‘काठमाडौँ जलवायु कार्य सप्ताह’ लाई आज सम्बोधन गर्दै काठमाडौँ क्षेत्र नं ८ का सांसदसमेत रहनुभएका मन्त्री श्रेष्ठले नदी संरक्षण, बाढी नियन्त्रण र सहरी पर्यावरण सुधारका लागि सङ्घीय सरकारका तर्फबाट ठोस कार्ययोजना सार्वजनिक गरिएको जानकारी दिनुभयो ।

जथाभावी कङ्क्रिटका संरचना बन्दा खेत, पोखरी र खुला जमिन मासिएको, सहरको तापक्रम बढेको तथा वर्षाको पानी सोस्ने जमिन नहुँदा बाढीको जोखिम बढेको उहाँले उल्लेख गर्नुभयो । धुलो–धुवाँले शताब्दीयौँ पुराना मन्दिर तथा सम्पदाको अवस्था बिग्रँदै गएको उहाँको भनाइ थियो ।

जलवायु परिवर्तनले सङ्कट अझ थपेको बताउँदै श्रेष्ठले केही दिनको अवधिमा विभिन्न नदी करिडोरमा ठूला ढुङ्गा र गेग्रानसहितको बाढी आउनु, हिमपहिरो जानु र हिमनदी पग्लिनु गम्भीर चेतावनी भएको बताउनुभयो ।

पछिल्ला चार वर्षमा लोप हुन लागेका पुराना ढुङ्गेधारा (हिटी) र राजकुलो ब्युँताएर भूमिगत जलभण्डार जोगाउन भूमिका खेलेकामा काठमाडौँ महानगरपालिका, कार्यवाहक प्रमुख र वडा अध्यक्षको उहाँले प्रशंसा गर्नुभयो ।

उहाँका अनुसार बाढीको पूर्वसूचना र हिमनदी अनुगमन प्रणाली जडान गरिने, बाढी आउनुअघि नै वडा र घरपरिवारले जानकारी पाउन सकून् भनेर जल तथा मौसम विज्ञान विभागमार्फत वर्षा मापन, सहरी बाढी मोडलिङ र पूर्वसूचना प्रणालीमा महानगर तथा अन्य सहरसँग सहकार्य गर्ने योजना अगाडि सारिएको जानकारी दिनुभयो ।

नवीन प्रविधिमा युवाको सक्रियताको प्रशंसा गर्दै मन्त्री श्रेष्ठले कक्षा १२ का विद्यार्थीले मोबाइल नेटवर्कबिनै विपद्को सूचना पठाउने सञ्चार प्रणाली तयार पारेको उदाहरण दिनुभयो ।

कार्यवाहक प्रधानमन्त्रीसमेत रहनुभएका मन्त्री श्रेष्ठले रूखै–रूखले भरिएका शीतल सडक, १५ मिनेटमै हिँडेर पुग्न सकिने ऐतिहासिक टोल र बहाल, चोरी भएका मूर्ति फिर्ता, साइकल लेन र चराचुरुङ्गीको चिरबिरसहितको सफा बागमती–विष्णुमती करिडोर, काठमाडौँ वरिपरिका जङ्गल र राष्ट्रिय निकुञ्जको पारिस्थितिक सन्तुलनको परिकल्पना गरिएको बताउनुभयो ।

पार्कमा ज्येष्ठ नागरिकले घाम ताप्न, चोकमा बालबालिकाले सुरक्षित खेल्न र हरियालीयुक्त आधुनिक व्यावसायिक केन्द्र सञ्चालन गर्न सकिने उल्लेख गर्दै उहाँले सुन्दर काठमाडौँ निर्माणमा सबैले सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोललगायतको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

प्रधानमन्त्री बालेनको भारत भ्रमणमा के के सहमति र सम्झौता भए ?

मैले युवा प्रधानमन्त्री शाहमा नेपालको भविष्य देखेँ : भारतीय प्रधानमन्त्री मोदी

प्रधानमन्त्री शाह र प्रधानमन्त्री मोदीद्वारा संयुक्तरूपमा तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास

अर्थसँग सम्बन्धित असान्दर्भिक ऐन खारेज गर्न लागेका छौँः कानुनमन्त्री गौतम

प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीद्वारा संयुक्त रूपमा जनकपुरधाम–अयोध्या रेलवे सेवा उद्घाटन

प्रधानमन्त्री शाहलाई समकक्षी मोदीद्वारा भारतको ‘प्रधानमन्त्री गतिशक्ति’ योजनाबारे जानकारी

महिलामन्त्री बादीद्वारा राउटे समुदायसँग आत्मीय संवाद

सम्बन्धित समाचार

मैले युवा प्रधानमन्त्री शाहमा नेपालको भविष्य देखेँ : भारतीय प्रधानमन्त्री मोदी

अर्थसँग सम्बन्धित असान्दर्भिक ऐन खारेज गर्न लागेका छौँः कानुनमन्त्री गौतम

प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीद्वारा संयुक्त रूपमा जनकपुरधाम–अयोध्या रेलवे सेवा उद्घाटन

प्रधानमन्त्री शाहलाई समकक्षी मोदीद्वारा भारतको ‘प्रधानमन्त्री गतिशक्ति’ योजनाबारे जानकारी

महिलामन्त्री बादीद्वारा राउटे समुदायसँग आत्मीय संवाद

ताँजाकोटको विकासलाई प्राथमिकता दिइएको छः मुख्यमन्त्री शाही

दानबहादुर कार्कीले दायर गरेको रिटमा भएन सुनुवाइ

हैदराबाद हाउसमा प्रधानमन्त्री शाह र मोदीबीच भेटवार्ता सुरु

प्रधानमन्त्री शाहद्वारा राजघाटमा महात्मा गान्धीप्रति श्रद्धाञ्जली

दानबहादुर कार्कीको रिट आज सर्वोच्चमा सुनुवाइ, अन्तरिम आदेशबारे संयुक्त इजलासले निर्णय गर्ने

प्रधानमन्त्रीको ‘होम एन्ड अवे’ प्रणाली लागू गर्ने घोषणाले मोफसलका क्लब सञ्चालक उत्साहित

प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच भेटवार्ता हुँदै