सदाबहार खबरको रफ्तार ....
मंग्सिर ८, २०८३ मंगलबार
November 24, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

मुख्यमन्त्री कार्की र स्वीस राजदूतबीच भेटघाट

२०८३ मंग्सिर ८, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

विराटनगर, ८ मङ्सिरः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र नेपालका लागि स्विजरल्याण्डका राजदूत डा ड्यानियल म्युवलीबीच आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, विराटनगरमा भेटघाट भएको छ । सो अवसरमा दुईपक्षीय हित, आपसी सहयोग र सहकार्यका विषयमा छलफल भएको थियो ।

सो अवसरमा मुख्यमन्त्री कार्कीले कोशी प्रदेशमा पदमार्ग निर्माण, व्यवस्थापन र शासकीय सुधारका क्षेत्रमा स्विजरल्याण्ड सरकारको तर्फबाट प्राप्त सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि यसले निरन्तरता पाउने विश्वास व्यक्त गर्नुभयो ।

कोशी प्रदेशको आर्थिक समृद्धिका क्षेत्रमा सञ्चालित परियोजनाहरूलाई छिटोछरितो र प्रभावकारी ढङ्गले अघि बढाउन प्रदेश सरकार क्रियाशील रहेको जानकारी दिँदै मुख्यमन्त्री कार्कीले विशिष्ट भूबनावट र भौगोलिक संरचनाका कारण जोखिम क्षेत्रका रुपमा चिनिने नेपालको विपद् व्यवस्थापनसहित जनधनको क्षतिको न्यूनीकरण तथा नियन्त्रणका पक्षमा सहयोग गर्न अनुरोध गर्नुभयो ।

यसैगरी, राजदूत डा म्युवलीले विकास र समृद्धिका क्षेत्रमा कोशी प्रदेश सरकारबाट भएका कामको प्रशंसा गर्दै स्विजरल्याण्ड सरकारको सहयोगमा सञ्चालित परियोजनाहरूको प्रगति समीक्षासहित कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो ।

भेटमा स्वीस सरकार विकास सहयोगका प्रमुख म्याथियास मायर, कोशी प्रदेशका प्रमुख सचिव नारायणप्रसाद भट्ट, प्रदेश योजना आयोगका उपाध्यक्ष तारानाथ निरौला, मुख्य न्यायाधिवक्ता नारायण वस्ती र आर्थिक सल्लाहकार मोहन सुवेदीको उपस्थिति रहेको मुख्यमन्त्री कार्कीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

नेपाल–युरोप व्यापार तथा लगानी सहकार्य विस्तारमा जोड

चलचित्र क्षेत्रको बदलिँदो स्वरूपअनुसार नयाँ कानुनः सञ्चारमन्त्री डा तिमिल्सिना

हिमाली औषधीय वनस्पति र च्याउ संरक्षणमा क्षेत्रीय सहकार्य अपरिहार्यः मन्त्री चौधरी

अयोध्याबाट आएका चार सय तीर्थयात्रीलाई स्वागत

बालेनको देश बनाउने टोलीपछि देश उभो टोली सार्वजनिक

विपद् प्रभावित क्षेत्रका लागि प्रदेश सरकारले छ अर्ब परिचालन गर्ने

शुक्लागण्डकीबाटै स्थायी लेखा नम्बर र करसम्बन्धी सेवा

दशौँ राष्ट्रिय खेलकुद सफल बनाउन मुख्यमन्त्री शाहीको आह्वान

गृह श्रमिकको योगदानको मूल्याङ्कन गरी पहिचान र अधिकार सुनिश्चित गर्न आग्रह

निर्माणजन्य खनिजको सदुपयोग गरी निर्यात बढाउन मन्त्री साहको जोड

झापामा बन्दैछ १२ अर्बको पेट्रोलियम पाइपलाइन र भण्डारण टर्मिनल

प्रधानमन्त्री शाह स्वदेश फिर्ता