सदाबहार खबरको रफ्तार ....
मंग्सिर ९, २०८३ बुधबार
November 25, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

साउदी अरबद्वारा नेपाल रेडक्रसलाई आठ हजार थान कम्बल हस्तान्तरण

२०८३ मंग्सिर ८, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, ८ मङ्सिर : साउदी अरबको ‘किङ सलमान ह्युमनिटेरियन एड एण्ड रिलिफ सेन्टर’ ले सहयोग स्वरूप नेपाल रेडक्रस सोसाइटीलाई न्यानो कम्बल तथा म्याट्रेस हस्तान्तरण गरेको छ ।

सोसाइटीको केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा नेपालका लागि साउदी अरबका राजदूत फहद बिन मोहम्मद बिन मुनिरले सोसाइटीका अध्यक्ष डा विशालकुमार भण्डारीलाई ती राहत सामग्री हस्तान्तरण गर्नुभएको हो ।

बाढी प्रभावित तथा जोखिममा रहेका समुदायलाई लक्षित गरी संस्थाले आठ हजार थान न्यानो कम्बल र छ हजार थान म्याट्रेस उपलब्ध गराएको हो । उक्त सहायताबाट रसुवा, नुवाकोट, धादिङ र गोरखा जिल्लाका बाढी प्रभावित तथा उच्च जोखिममा रहेका दुई हजार घर परिवार लाभान्वित हुने अपेक्षा गरिएको छ ।

त्यस अवसरमा सोसाइटीका अध्यक्ष डा भण्डारीले जतिसक्दो चाँडो प्रभावित समुदायमा प्राप्त सहयोग सामग्री वितरण गरिने बताउनुभयो । सोसाइटीले बाढी प्रभावित समुदायका लागि नेपाल सरकार, आइएफआरसी, आईसीआरसी र साझेदार राष्ट्रिय सोसाइटीलगायत सरोकारवालाको सहयोगमा प्रतिकार्यका गतिविधि सञ्चालन गरिरहेको उहाँले जानकारी दिनुभयो ।

राजदूत बिन मुनिरले साउदी अरबले मानवीय सहायता प्रदान गर्ने साझा उद्देश्यका साथ काम गरिरहेको र रेडक्रस जस्तो मानवीय संस्थामार्फत राहत सामग्री प्रभावित समुदायसम्म पुर्‍याउन पाएको भनी खुसी व्यक्त गर्नुभयो ।

रेडक्रिसेन्ट सोसाइटीको अन्तरराष्ट्रिय महासङ्घ नेपालका प्रमुख डेभिड फिसरले विपद् पश्चात प्रभावित समुदायको आवश्यकता र प्राथमिकतालाई ध्यानमा राखी निरन्तर मानवीय सहायता प्रदान भनी सबैमा धन्यवाद ज्ञापन गर्नुभयो ।

रेडक्रस अन्तरराष्ट्रिय समिति नेपालका प्रमुख सन्देश श्रेष्ठले बाढीबाट प्रभावित परिवारका बेपत्ता सदस्यको खोज र पहिचान तथा शव व्यवस्थापन गर्न आवश्यक शव व्यवस्थापन ब्याग रेडक्रस सोसाइटी र सरकारलाई सहयोग गरिरहेको बताउनुभयो ।

नेपाल रेडक्रस सोसाइटीका महामन्त्री ईश्वरीदत्त खनालले प्राप्त न्यानो सामग्री छनोटमा परेका प्रत्येक घर परिवारलाई चार थान कम्बल र तीन थान म्याट्रेस वितरण गरिने जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

खसीको हड्डीको सुप यस्ता स्वास्थ्य समस्या भएकाले खानु हुन्न, जान्नुहाेस्

विपन्न परिवारमा कुपोषण समस्या

काभ्रेमा डेङ्गी सङ्क्रमितको सङ्ख्या ५४ पुग्यो

भेरी अस्पतालमा न्यूरो सर्जरी तथा प्लास्टिक सर्जरी सेवा सुरु

नर्सलाई यसकारण आवश्यक छ अङकोलोजी नर्सिङ तालिम

अस्पतालमा आगजनी र तोडफोड गर्ने चार जना पक्राउ, दुई जना फरार

चिसाेमा ताताे सुप खानुका यस्ता छन् फाइदाहरू

त्रियुगा नगरभित्रै ११ प्रतिशतमा मोतियाबिन्दुको समस्या

स्तन क्यान्सर समयमै पहिचान भए उपचार प्रभावकारी

स्वस्थ रहन कुन उमेर समूहले कति समय सुत्नु पर्छ ? जान्नुहोस्

मनकामना धाममा सेनाको निःशुल्क स्वास्थ्य शिविर, ५०० जनाले लिए सेवा

एन्टिमाइक्रोबियल औषधिको जथाभावी प्रयोग रोक्न मन्त्री मेहताको जोड