शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अ
अ
अ
काठमाणौं । कोशी प्रदेशमा प्रदेश प्रमुखको पद रिक्त रहेकाले प्रदेश प्रमुख नियुक्ति नभएसम्मका लागि मधेश प्रदेशका प्रदेश प्रमुखलाई कोशी प्रदेश प्रमुखको कार्यभारसमेत तोकिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १६५ को उपधारा (२) बमोजिम मधेश प्रदेशका प्रदेश प्रमुखलाई कोशी प्रदेश प्रमुखको कार्यभार तोकेका हुन् ।
राष्ट्रपति कार्यालयका प्रवक्ता श्यामप्रसाद भण्डारीद्वारा जारी विज्ञप्तिमा बिहीबार कार्यभार तोकिएको जनाइएको छ ।

