सदाबहार खबरको रफ्तार ....
बैसाख १६, २०८१ आइतबार
April 28, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

हुम्लाका बालबालिका दादुरा–रुवेला खोपबाट वञ्चित

२०८० चैत्र ४, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीका बालबालिका दादुरा–रुवेला खोप लगाउनबाट वञ्चित भएका छन् ।

देशभर नौ महिनादेखि पाँच वर्ष मुनिका बालबालिकालाई दादुरा–रुवेलाविरुद्धको खोप लगाउने राष्ट्रिय अभियान सञ्चान भए पनि नाम्खा–६ का तील, जाङ र हल्जी गाउँका ५४ बालबालिका खोपबाट वञ्चित भएका छन् । यहाँका बालबालिका दादुरा–रुवेलाविरुद्धको मात्र नभएर अन्य खोपबाट पनि वञ्चित रहेका जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख प्रेम सिंहले जानकारी दिए ।

“हिमपातका कारण नाम्खा गाउँपालिकासँग जोडिएको सडक बन्द छ, यातायात सेवा बन्द हुँदा खोप कार्यक्रम प्रभावित भएको हो”, उनले भने । लिमी स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी कार्यरत भए पनि हिउँले बाटो बन्द हुँदा खोप ढुवानी गर्न नसकिएको प्रमुख सिंहले बताए । लिमीमा हेलिकप्टरमार्फत खोप ढुवानीका लागि स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतलाई पत्राचार गरिएको उनको भनाइ छ ।

खोप ढुवानी गर्न हेलिकप्टर भाडाबापत रु दुई लाख खर्च लाग्ने प्रमुख सिंहले बताए । “बजेट नहुँदा लिमीमा राष्ट्रिय खोप कार्यक्रम सञ्चालन हुन सकेको छैन । हिउँले बाटो अवरुद्ध हुँदा खोप गाउँपालिकाको स्वास्थ्य शाखामै थन्किएको छ । अब वैशाखपछि बाटो खुलेपछि मात्र खोप अभियान सञ्चालन हुन्छ”, उनले भने । गत कात्तिक महिनायता त्यहाँका बालबालिकाले नियमित खोप लगाउन पाएका छैनन् ।

गाउँपालिकाका अन्य खोप केन्द्रमा भने दादुरा–रुवेला विरुद्धको खोप अभियान सञ्चालन भइरहेको छ । नाम्खाका अन्य गाउँमा भने यही चैत १ गतेदेखि दादुरा–रुवेलाविरुद्धको खोप लगाउने कार्य जारी छ । सो अभियान यही चैत ७ गतेसम्म सञ्चालन हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

उपप्रधानमन्त्री यादव अमेरिका प्रस्थान

आज हात्तीपाइले रोगविरुद्धको औषधी खुवाइँदै

दक्षिण एसियामा क्यान्सरका कूल बिरामीमध्ये २० प्रतिशतमा ‘मुखको क्यान्सर’

भेरी अस्पतालमा रेबिजविरुद्धको खोप अभाव

स्वास्थ्य शिविरबाट छ सय दुई जना लाभान्वित

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने

सात जिल्लाका ५० लाख ७८ हजारलाई हात्तिपाइले विरुद्धको औषधि खुवाइँदै

भोजपुरको दुर्गम भेगका एक हजार जनाको निःशुल्क उपचार

विश्वमा २८२ मिलियन मानिसहरू भोकमरीको चपेटामा, गत बर्ष थपिए २४ मिलियनः प्रतिबेदन

विश्व औलो दिवसः विदेशबाट आएकाबाट बढी जोखिम

स्वास्थ्य स्वयं सेविकाको सम्मानसहित बिदाई

किन बढ्दैछ विश्वभर प्रोस्टेट क्यान्सर ?