सदाबहार खबरको रफ्तार ....
बैसाख १६, २०८१ आइतबार
April 28, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सोच विचार गरेर नै नयाँ गठबन्धन बनाइएको हो : प्रधानमन्त्री

२०८० चैत्र १२, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ : प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोच विचार गरेर नै नयाँ गठबन्धन बनाइएको बताउनुभएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टीको वाग्मती प्रदेश समितिको बैठकलाई सम्बोधन गर्दै उहाँले राष्ट्रिय आवश्यकता र जनचाहनालाई ख्याल गरेर नयाँ गठबन्धन बनाइएको स्पष्ट पार्नुभयो । उहाँले हालको सत्तागठबन्धनलाई लामो समयसम्म लैजाने सोच र लक्ष्यका साथ पार्टीले निर्णय गरेकाले त्यसलाई अक्षरश ः लागू गरिने स्पष्ट पार्नुभयो ।

गठबन्धन परिवर्तन गर्ने निर्णय एकाएक नभएको उल्लेख गर्दै उहाँले वामपन्थी शक्तिलाई एकै ठाउँमा ल्याउने लक्ष्य राखिएको बताउनुभयो । पछिल्लो एक वर्षको अनुभवका आधारमा नयाँ निर्णय लिनु नै सुरक्षित उपाय भएको प्रधानमन्त्रीको भनाइ रहेको नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले जानकारी दिनुभयो ।

प्रदेश सरकारको विषयमा केही समयभित्रै आवश्यक निर्णय लिइने उहाँको भनाइ छ । सङ्घीय सरकारमा परिवर्तन भएलगत्तै प्रदेश सरकारको बारेमा पनि निर्णय लिनुपर्ने अवस्था आएको भन्दै उहाँले गठबन्धनमा आवश्यक छलफल गरेर उपयुक्त निर्णय लिइने प्रधानमन्त्रीको कथन छ ।

माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री दाहालले काठमाडौँ उपत्यकामा कमजोर रहेको पार्टीलाई नयाँपन दिएर अगाडि बढाउन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो । उपत्यकाको आवश्यकता र चाहनालाई ख्याल गरेर जनतासँग जोडिन, सङ्गठन सुदृढ गर्न रचनात्मक उपाय अवलम्बन गर्नुपर्नेमा उहाँको जोड थियो । सरकारले गरेका जनपक्षीय काम कारवाहीको बारेमा जनतालाई बुझाउनसमेत प्रधानमन्त्रीले आग्रह गर्नुभयो ।

बैठकमा बागमती प्रदेशका इञ्चार्ज अग्निप्रसाद सापकोटा, अध्यक्ष सरल सहयात्री पौडेललगायतको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सङ्घीय सरकारलाई कर्णालीका मुख्यमन्त्री कँडेलको ११ बुँदे सुझाव

नेपालमा लगानीका लागि धेरै सम्भावना छन्ः मन्त्री चौधरी

बेथिति र बिकृतिको समुल अन्त्य गर्न आन्दोलनको बिकल्प छैन- कमल थापा

मधेस प्रदेशमा मन्त्रिमण्डल विस्तार, तीन राज्यमन्त्री

विदेशी मुद्रामा नाफा लैजाने सुनिश्चितताले लगानीको आकर्षण बढाएकोः प्रधानमन्त्री (पूर्णपाठ)

कतारमा रहेका ४३ जना जसपामा प्रवेश

नेपालमा भारतीय लगानी प्रोत्साहन गरिनेछ: राजदूत श्रीवास्तव

विदेशी लगानीका लागि नेपालका सबै क्षेत्र खुला छन्: सभापति देउवा

नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस्- प्रधानमन्त्री

वर्तमान व्यवस्था र संविधानको रक्षा गर्न परिवर्तनकारी शक्ति एकताबद्ध हुनुपर्छ: अध्यक्ष नेपाल

उपनिर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएकामा सभापति देउवाले दिए धन्यवाद

इलाम-२ मा शान्तिपूर्ण रूपमा मतदान सकियो