सदाबहार खबरको रफ्तार ....
बैसाख १७, २०८१ सोमबार
April 29, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

राष्ट्रलाई एकताबद्ध गर्ने भूमिका राष्ट्रियसभाको होः अध्यक्ष दाहाल

२०८० चैत्र १३, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः  राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सिङ्गो राष्ट्रलाई एकताबद्ध गर्ने महत्वपूर्ण जिम्मेवारी राष्ट्रियसभाको भएको बताउनुभएको छ ।

भरतपुर महानगरपालिकाले आज यहाँ आयोजना गरेको सम्मान कार्यक्रममा उहाँले तीन तहको सरकारलाई एकताबद्ध गर्दै अघि बढाउने काम राष्ट्रियसभाको रहेको भन्दै त्यो दिशामा सभालाई लैजान आफू लागिपर्ने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “सबैलाई एकताबद्ध गर्दै आवश्यक ऐनकानुन निर्माणमा राष्ट्रियसभाको भूमिका महत्वपूर्ण छ ।” तीन तहका सरकारबीच समन्वयकारी भूमिका खेल्दै स्थानीय तहको समस्या समाधानमा सङ्घीय सरकारलाई सहयोगी बन्ने उहाँको भनाइ थियो ।

संविधानले राष्ट्रियसभालाई दिएको अधिकार र दायराबारे आम जनमानसमा जानकारी गराउन अफ्नो कार्यकाल फलदायी हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । राष्ट्रियसभालाई अहिले प्रतिनिधिसभाको छायाँका रुपमा लिने गरिएको भन्दै उहाँले त्यस्तो नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “राष्ट्रियसभाको महत्व बुझाउन जरुरी छ ।” आफ्नो कार्यकालमा राष्ट्रियसभाको गौरवलाई सुनिश्चित गर्न लाग्ने उहाँले बताउनुभयो ।

अहिलेको संविधान कार्यान्वयनका लागि धेरै कानुनहरु बन्न आवश्यक रहेको बताउँदै उहाँले ती कानुन बनाउन सरकारलाई झकझक्याउन आफूले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । भरतपुर महानगरपलिकाले गरेको विकासको प्रशंसा गर्दै उहाँले समग्र चितवनको विकासमा आफ्नो ठाउँबाट सक्दो सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले स्थानीय तहमा देखिएका समस्या समाधान गर्न राष्ट्रियसभाले भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । संविधान कार्यान्वयनका कुरामा ध्यान दिँदै स्थानीय तहका बाधा हटाउन सहयोग गर्न उहाँले आग्रह गर्नुभयो । राज्य र जनताको पक्षमा गरेको योगदानको मूल्याङ्कन भएको भन्दै उहाँले समग्र जनताको हित र संविधान रक्षाका सवालमा राष्ट्रियसभा अब्बल साबित हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा, नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठलगायतले संविधानको रक्षाका लागि दाहालको कार्यकाल सफल रहेन विश्वास व्यक्त गर्नुभयो । वर्तमान अवस्थामा देखिएका समस्या समाधानका लागि पहल हुने विश्वास उहाँहरुले व्यक्त गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

राष्ट्रिय सभा सदस्य शाक्यले लिइन शपथ

अन्तर व्यवस्थापिका भेलामा सात बुँदे ‘पाल्पा घोषणापत्र’ जारी

जनताको आवश्यकता पुरा गर्न राजनीतिक दल संवेदनशिल हुनुपर्छ : सांसद इन्दिरादेवी गौतम

संसदीय समितिको बैठक बस्दैँ

उपाध्यक्ष घिमिरे पार्टीको जिम्मेवारीबाट अलग

सांसद खानद्वारा सपथ ग्रहण

कोशी प्रदेश सभामा पेश भयो संकल्प प्रस्ताव

गण्डकी प्रदेशसभा अधिवेशन आव्हान

लुम्बिनी प्रदेशसभामा १७ महिनापछि संसदीय समितिमा सर्वसम्मत नेतृत्व

राजनीतिक स्थितिको प्रभाव कानुन निर्माणमा छः अध्यक्ष दाहाल

मधेश प्रदेश सभामा जनमतको अवरोध

कोरम नपुगेपछि समितिको बैठक स्थगित