सदाबहार खबरको रफ्तार ....
बैसाख १९, २०८१ बुधबार
May 1, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

६१२ जनालाई हिमाल आरोहण अनुमति

२०८१ बैसाख ५, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः वसन्त ऋतुमा हिमाल आरोहण गर्न ६८ समूहका ६१२ आरोहीले आरोहण अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार आरोहण अनुमति लिनेमा १३४ महिला र ४७८ जना पुरुष छन् ।

विभागका साहसिक पर्यटन तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङका अनुसार सगरमाथासहित विभिन्न २३ हिमाल आरोहणका लागि अनुमति लिएकामध्ये सबैभन्दा बढी सगरमाथा आरोहण गर्न ४६ देशका २७४ आरोहीले अनुमति लिएका छन् ।

उहाँले भन्नुभयो, “आरोहणको सिजन सुरु भएसँगै अनुमति लिने र धमाधम आधार शिविरतर्फ जाने आरोहीको सङ्ख्या बढ्दै गएको छ । वसन्तयाममा सगरमाथा आरोहणका लागि उपयुक्त मानिने भएकाले अनुमति लिनेमा सबैभन्दा धेरै सगरमाथातर्फ नै छन् ।”

अघिल्लो वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि ४७८ जनाले अनुमति लिएका थिए । उहाँले यस पटक चीनतर्फको मोहडाबाट समेत सगरमाथा आरोहण खुला गरिएकाले केही आरोही घट्न सक्ने आकलन गर्नुभयो ।

यस पटक सगरमाथा आरोहणका लागि २२१ पुरुष र ५३ जना महिलाले अनुमति लिएको उहाँले बताउनुभयो । सगरमाथा आरोहणका लागि यस पटक सबैभन्दा बढी अमेरिकाबाट ५९, चीनबाट ३८, जापानबाट १९, भारतबाट १७, रसियाबाट १६ र बेलायतबाट १५ जनाले अनुमति लिएका छन् ।

सगरमाथापछि सबैभन्दा बढी अमादब्लम आरोहणका लागि सात समूहका ६३ पुरुष र १७ महिला गरी ८० जनाले अनुमति लिएका छन् । त्यसै गरी मकालु पहिलोका लागि ४५, लोत्सेका लागि ४०, अन्नपूर्ण पहिलोका लागि २५ जनाले आरोहण अनुमति लिएका छन् । सगरमाथा आरोहण शुल्कबापत मात्रै सरकारलाई ३९ करोड १२ लाख ८५ हजार ८८७ रुपियाँ हिमाली दस्तुर (राजस्व) प्राप्त भएको छ । त्यस्तै २३ वटै हिमालमा दिएको अनुमतिबापत ४३ करोड ७८ लाख ७५ हजार ५९ रुपियाँ राजस्व सङ्कलन भएको छ । गोरखापत्र दैनिकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब

उपनिर्वाचन मतपरिणाम: केपी ओली दंग, प्रचण्ड सन्तुष्ट

उपनिर्वाचनमा दलहरूको जनाधार परीक्षण

पशुपति जलहरी प्रकरण: तीनै जनालाई सफाइ

मिडिया काउन्सिल विधेयक: लगानीको जानकारी काउन्सिललाई दिनुपर्ने

सिंहदरबार प्रवेशका लागि इगेट पास

साउदीमा महिलामाथी दुर्व्यवहार गर्ने आप्रवासीमाथि कडा सजाय

पक्राउ कर्मचारीलाई छाड्न प्रधानमन्त्री कार्यालयबाटै दबाब

स्थानीय तहमा बेमौसमी सरुवा

सम्पत्ति शुद्धीकरणमा दोषी ठहर न्यौपानेलाई ३ वर्ष कैद सजाय

पशुपंक्षीको हेरचार र पशुपालकको सन्देशका लागि प्रभातफेरी

कुल निर्यातभन्दा दोब्बरको इन्धन आयात