सदाबहार खबरको रफ्तार ....
बैसाख १९, २०८१ बुधबार
May 1, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

‘महाजात्रा’को नयाँ व्यबसायिक रेकर्ड

२०८१ बैसाख ५, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपाली चलचित्र पछिल्लो समय विदेशमा नयाँ नयाँ व्यबसायिक रेकर्ड बनाउन सफल भएका छन् । साउदी अरबमा सार्वजनिक प्रदर्शन भएको पहिलो नेपाली चलचित्रको रेडर्क बनाएको महाजात्राले अष्ट्रेलियामा पनि व्यबसायिक रेकर्ड बनाएको छ ।

प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र महाजात्रा नेपालमा चौथो सातामा पनि त्यतिकै ‘अकुपेन्सी’सहित प्रदर्शन भइरहेको छ । यो चलचित्रमा विपिन कार्की, रविन्द्र सिंह बानियाँ, रबिन्द्र झा, हरिवंश आचार्य, वर्षा राउत, दिव्य देव, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ ।

नेपाली चलचित्रको दोस्रो ठूलो बजार मानिने अष्ट्रेलियाको सिड्नीमा महाजात्राले अघिल्लो नेपाली चलचित्र ‘जात्रै जात्रा’ को रेकर्ड ब्रेक गरेको छ । यस अघि सिडनीमा चलचित्र जात्रैजात्रा २७ शो प्रदर्शन भएर सबैभन्दा बढी चलेको नेपाली चलचित्रको रेकर्ड बनाएको थियो । जात्रै जात्राको त्यो रेकर्ड तोड्दै सोमबार सिडनीमा चलचित्र महात्रा २८ औँ शो भएको छ । आफ्नै अघिल्ला चलचित्रको ब्यबसायिक रेकर्ड अहिले प्रदीप भट्टराईले तोडेका छन् । यस्तै अहिलेसम्म नेपाली चलचित्रले अष्ट्रेलियामा बनाएको रेकर्ड आउँदो शनिवारसम्म तोड्ने महाजात्राले तोड्ने यसका डायस्पोरा वितरक कम्पनि एमएसएम इन्टरटेनमेन्टस् र सिड्नीमा प्रदर्शन गरिरहेको रोटेपिङले जनाएको छ ।

डायस्पोरा वितरक एमएसएम इन्टरटेनमेन्ट्सका अनुसार सिड्नीमा मात्र नभई अमेरिका, क्यानाडा, युरोप अन्तर्गतका देशहरू, मध्यपूर्वका देशहरू, बेलायतलगायतका देशमा समेत नयाँ नयाँ रेकर्ड बनाइरहेको छ । कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँले छिटै सम्पूर्ण देशको शो सङ्ख्या र व्यापारको विषयमा जानकारी गराउने बताए ।

महाजात्राले तीन सातामा विश्वव्यापी रुपमा तेइस करोड एक लाख रुपैयाँको व्यापार गरिसकेको छ । बिदेशमा सबैभन्दा बढी व्यापार गर्ने नेपाली चलचित्रको रेकर्ड यसले बनाईरहेको छ । यो चलचित्रलाई म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले संयुक्त रुपमा निर्माण गरेका हुन् । यसका कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ हुन् । राजधानी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब

उपनिर्वाचन मतपरिणाम: केपी ओली दंग, प्रचण्ड सन्तुष्ट

उपनिर्वाचनमा दलहरूको जनाधार परीक्षण

पशुपति जलहरी प्रकरण: तीनै जनालाई सफाइ

मिडिया काउन्सिल विधेयक: लगानीको जानकारी काउन्सिललाई दिनुपर्ने

सिंहदरबार प्रवेशका लागि इगेट पास

साउदीमा महिलामाथी दुर्व्यवहार गर्ने आप्रवासीमाथि कडा सजाय

पक्राउ कर्मचारीलाई छाड्न प्रधानमन्त्री कार्यालयबाटै दबाब

स्थानीय तहमा बेमौसमी सरुवा

सम्पत्ति शुद्धीकरणमा दोषी ठहर न्यौपानेलाई ३ वर्ष कैद सजाय

पशुपंक्षीको हेरचार र पशुपालकको सन्देशका लागि प्रभातफेरी

कुल निर्यातभन्दा दोब्बरको इन्धन आयात