सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

यी हुन् संसारकै महंगा घडी, एउटैको मूल्य २ अर्ब ८६ करोड

२०७६ पुष २८, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं: घडी एक समय सूचक यन्त्र हो । व्यक्तिले आफ्नो गतिविधिलाई समयसँग सन्तुलित बनाउने सूचकको रुपमा घडिको प्रयोग गर्छन् । जति नै महङ्गो वा जति नै सस्तो भए पनि यसको काम समय बताउने नै हो ।

घडिमा केही जटिल संयन्त्रहरु प्रयोग गरिएको हुन्छ जसले सही समय बताउन मद्दत गर्छ । केहीमा टर्बिलियन नामको उपकरण जडान गरिएको हुन्छ जसले गुरुत्वाकर्षणको बललाई समेत चुनौती दिन्छ ।

घडिको जटिल बनावट र विभिन्न रत्नहरुको प्रयोगले घडिलाई मूल्यवान बनाएको हुन्छ । विश्वमा अहिलेसम्म बनेका १० महङ्गा घडिहरु यस्ता छन्:

१. चोपार्ड २१० क्यारेट

दुई करोड ६० लाख डलर (करिब दुई अर्ब ८६ करोड रुपैयाँ) बराबरको मुल्य रहेको यो घडीमा अद्धित्तीय नमूनाको सूचित मुल्य नै छैन् । २१० क्यारेटको रगिंन हिराहरु प्रयोग भएको यो घडि ब्रास्लेट जस्तो देखिन्छ । यो यति धेरै सुन्दर छ कि यो फूलहरुले घेरिएको जस्तो देखिन्छ ।

२. पाटेक फिलिप्पे सुपर कम्प्लिकेसन

एक करोड १० लाख डलर (करिब १ अर्ब २१ करोड रुपैयाँ) बराबरको मुल्य रहेको यो घडी १८ क्यारेट सुनको प्रयोग गरी तयार पारीएको यो पकेट वाच पाटेक फिलिप्पेले बैंकर हेनरी ग्रेभ्स जुनियरको लागि बनाइएको थियो । घडि तयार गर्न ५ वर्ष लागेको थियो ।

३. पाटेक फिलिप्पे प्लाटिनम वल्र्ड टाइम

चालिस लाख डलर (करिब ४४ करोड रुपैयाँ) बराबरको मुल्य रहेको यो घडी पाटेक फिलिप्पेले एक पिस मात्रै बनाएको घडि सन् २००२ मा एक अक्सनमा चालिस लाख डलरमा बिक्री भएको थियो । यसले संसारको कुनै पनि ठाँउको सही समय बताउन सक्छ ।

४. भ्याचेरोन कन्स्टान्टिन टुर डे इल्ले

पन्ध्र लाख डलर (करिब १६ करोड ५० लाख रुपैंया) बराबरको मुल्य रहेको यो घडी टुर डे इल्लेको निर्माण स्विस निर्माता भ्याचेरोन कन्स्टान्टिनले गरेको हो । यो घडि सन् निर्माताको २५० औं वार्षिक उत्सव मनाउनको लागि सन् २००५ मा बनाइएको थियो ।

५. पाटेक फिलिप्पे स्काइ मुन टर्विलोन

तेह्र लाख डलर (करिब १४ करोड ३० लाख रुपैयाँ) बराबरको मुल्य रहेको यो घडी पाटेक फिलिप्पेले बनाएको सबैभन्दा कम्प्लेक्स नाडि घडि मानिने यो घडिमा २ साइड छन् । घडिको पछाडीको भागमा रातको आकाश जस्तो देखिन्छ र अगाडीको भागमा मिति र चन्द्रमाको चरणहरु थाहा पाउन सकिन्छ ।

६. चोपार्ड सुपर आइस क्युब

एघार लाख डलर (करिब १२ करोड १० लाख रुपैयाँ) बराबरको मुल्य रहेको यो घडी स्वीस वाचमा ६० क्यारेटको काटिएका हिराहरु प्रयोग भएका छन् । यो लक्जरी घडि १०० फिट पानीमा डुबाँउदा पनि पानी पस्दैन । यो घडि स्क्य्राच प्रुफ रहेको छ ।

७. हुबलोट ब्ल्याक क्याभिएर ब्याङ

एक मिलियन डलर (करिब ११ करोड रुपैयाँ) बराबरको मुल्य रहेको यो घडी हुबलोट ब्ल्याक क्याभिएर सन् २००९ मा बनेको घडि हो जसमा ‘५०१ ब्यागेट कट ब्ल्याक डायमन्ड’ र १८ क्यारेट ह्वाइट गोल्ड प्रयोग गरिएको छ र यो साच्चिकै आकर्षक छ ।

८. लुइस मायोनेट म्याजिस्टेल्स

आठ लाख ८० हजार डलर (करिब ९ करोड ४६ लाख रुपैयाँ) बराबरको मुल्य रहेको यो घडी म्याजिस्टेल्स घडिलाई एक अद्धित्तीय नमुनाको रुपमा लिइन्छ । यो साच्चिकै स्टाइलिस घडिमा चन्द्रमाको ‘म्याटियोराइट’ प्रयोग गरिएको छ ।

९. ब्ल्याकपेन १७३५ ग्रान्डी कम्प्लिकेसन

आठ लाख डलर (करिब ८ करोड ८० लाख रुपैयाँ) बराबरको मुल्य रहेको यो घडी ब्ल्याकपेन १७३५ ग्रान्डी कम्प्लिकेसनको केस प्लाटिनमले बनेको छ र चेन गोहीको छालाले बनेको छ । यसको इन्जिनमा मानिसको हातैले बनाएको ७४० वटा पाट्स राखिएको छ ।

१०. ब्रेक्वेट पकेट वाच १९७० बिए २

सात लाख ३४ हजार डलर (करिब ८ करोड ७ लाख ४० हजार रुपैंया) बराबरको मुल्य रहेको यो घडीमा १८ क्यारेटको सुन प्रयोग भएको यो घडिको डिजाइन निकै स्टाइलिस छ । यो घडि हातैले कुँदिएको छ र यसलाई उत्कृष्ट कारिगरीको नमुना मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

डिजिटल सुरक्षा र साक्षरता अभिवृद्धि सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री डा तिमिल्सिना

टेलिफोन पहुँचबाट वञ्चित हुनुपर्ने अवस्थाको चाँडै अन्त्य हुन्छः सञ्चारमन्त्री डा तिमिल्सिना

इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार प्राधिकरणको निर्देशन

गोपनीयता उल्लंघनको आरोपमा फेसबुकलाई इटालीकाे ८८० मिलियन डलर जरिवाना

नेपाल टेलिकमले ३० एमबीपीएस फाइबर र मेस एपी अफरको अवधि थप्यो

विपद्पछिको सञ्चार पूर्वाधार पुनर्निर्माणमा अन्तरराष्ट्रिय सहयोग आवश्यक छ : मन्त्री तिमिल्सिना

नेपाल टेलिकमको खरिद प्रक्रियाबारे भ्रमपूर्ण समाचार नफैलाउन आग्रह

बाजुरामा इन्टरनेट र टेलिफोन सेवा अवरुद्ध

प्रेस स्वतन्त्रता अक्षुण्ण राख्दै आमसञ्चार क्षेत्रलाई व्यवस्थित बनाउनुपर्छः मन्त्री डा तिमिल्सिना

सूचना प्रविधि प्रयोगशाला

सामाजिक सञ्जालबाटै करोडौँ आम्दानी

एनटी फाइबरको प्याकेजमा ग्राहकको आकर्षण, अनलाइनबाटै सेवा लिन सकिने