सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

विन्डोज-७ मंगलबारदेखि बन्द: सेक्युरिटी अपडेट नहुने

२०७६ माघ १, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौ: मंगलबारदेखि विन्डोज-७ अपरेटिङ सिस्टम बन्द भएको छ।

जसअन्तरगत माइक्रोसफ्टले आफ्ना प्रयोगकर्तालाई जतिसक्दो चाँडो सिस्टम अपग्रेड गर्न आह्वान पनि गरेको छ। नयाँ प्रविधिमा ‘फोकस’ हुने भन्दै कम्पनीले विन्डोज-७ बन्द गरेको हो। करिब दुई वर्षअघि नै कम्पनीले यसबारे जानकारी भने दिएको थियो।

विन्डोज-७ बन्द भएसँगै प्रयोगकर्ताले कुनै पनि महत्वपूर्ण सेक्युरिटी अपडेट र उपकरण सुरक्षित राख्ने अन्य सुविधाहरू पाउने छैनन्। बिश्वमा अहिले पनि विन्डोज प्रयोगकर्ताका एक चौथाइले विन्डोज-७ नै प्रयोग गरिरहेको स्टाटकाउन्टरको तथ्यांक छ।

अब विन्डोज-७ मा कुनै समस्या आए माइक्रोसफ्टले समाधान गर्ने छैन अपडेट र सुरक्षा सुविधा नभएपछि विन्डोज-७ मा चल्ने उपकरणहरूमा भाइरसको समस्या झन् धेरै हुन्छ’ माइक्रोसफ्टको वेबसाइटमा लेखिएको छ।क्यास्पर्स्की ल्याबका वरिष्ठ सुरक्षा अध्येता डेभिड इमले पनि जतिसक्दो चाँडो प्रयोगकर्ताले नयाँ विन्डोज राख्नुपर्ने सुझाएका छन्।

साथै ह्याक भएमा कम्प्युटरमा भएका सबै डेटा र विवरण पनि चोरिन सक्छ।मंगलबारबाट विन्डोज-७ बन्द भए पनि कम्प्युटर चलिनैहाल्छ। तर यसमा जोखिम धेरै हुनेछ।त्यसैले माइक्रोसफ्टले विन्डोज-१० अपग्रेड गर्न भनेको छ।

यो खबरसँगै बेलायती अधिकारीहरूले इन्टरनेट बैंकिङ कारोबार वा इमेल गर्न विन्डोज-७ नचलाउन चेतावनी पनि दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

डिजिटल सुरक्षा र साक्षरता अभिवृद्धि सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री डा तिमिल्सिना

टेलिफोन पहुँचबाट वञ्चित हुनुपर्ने अवस्थाको चाँडै अन्त्य हुन्छः सञ्चारमन्त्री डा तिमिल्सिना

इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार प्राधिकरणको निर्देशन

गोपनीयता उल्लंघनको आरोपमा फेसबुकलाई इटालीकाे ८८० मिलियन डलर जरिवाना

नेपाल टेलिकमले ३० एमबीपीएस फाइबर र मेस एपी अफरको अवधि थप्यो

विपद्पछिको सञ्चार पूर्वाधार पुनर्निर्माणमा अन्तरराष्ट्रिय सहयोग आवश्यक छ : मन्त्री तिमिल्सिना

नेपाल टेलिकमको खरिद प्रक्रियाबारे भ्रमपूर्ण समाचार नफैलाउन आग्रह

बाजुरामा इन्टरनेट र टेलिफोन सेवा अवरुद्ध

प्रेस स्वतन्त्रता अक्षुण्ण राख्दै आमसञ्चार क्षेत्रलाई व्यवस्थित बनाउनुपर्छः मन्त्री डा तिमिल्सिना

सूचना प्रविधि प्रयोगशाला

सामाजिक सञ्जालबाटै करोडौँ आम्दानी

एनटी फाइबरको प्याकेजमा ग्राहकको आकर्षण, अनलाइनबाटै सेवा लिन सकिने