शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अ
अ
अ
काठमण्डौ: नेपाल टेलिकमको पोस्टपेड फोनको बिलिङमा समस्या देखिएको छ।
पोस्टपेड ग्राहकले बिलिङ प्रणालीम समस्या देखिएपछि समस्या बेहोरेका छ्न । बुधबारको बिलिङपछि खातामा पैसा भएका ग्राहकको फोन पनि काटिएको थियो। टेलिकमले हरेक अंग्रेजी महिनाको १५ तारिखमा बिलिङ गर्दै आएको छ।
टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले हाम्रो बिलिङ प्रणाली विहान केही समय इन्टरप्ट भएकाले समस्या भएको रहेछ, केही समयमा नै समस्या समाधान हुन्छ भनेकी छिन् ।
