काठमाण्डौंः २०७२ सालको महाभुकम्पमा परि देव्रे खुट्टा गुमाएका शरद पौड्यालले त्यसपछि भारोत्तोलनमा गरेको संघर्ष र सफलताको कथालाई ‘उठ्न सकिन्छ, हिम्मत नहारे’ बोलको गीतमा प्रस्तुत गरिएको छ ।
गायक पुष्पन प्रधानको स्वर तथा संगीत रहेको गीतको भिडियो मंगलबार सार्वजनिक गरिएको छ । वरिष्ट गीतकार दिनेश अधिकारीको शब्द रहेको गीतको भिडियो सुरेन्द्र सिंह नेपालीले निर्देशन गरेका हुन् । निराजन प्रधान र रुबिना थापाले अभिनय गरेको भिडियो बाबु श्रेष्ठले खिचेका हुन् भने रेनीश फागोको कलर, श्रीकृष्ण श्रेष्ठको भिएफएक्स र भुपेन्द्र अधिकारीको सम्पादन छ ।
