काठमाण्डौं: नेपालका लागि सुजुकी ब्रान्डका आधिकारिक विक्रेता तथा सीजी होल्डिङको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले ‘खुसीको साँचो’ नामको नयाँ उपभोक्ता योजना सार्वजनिक गरेको छ ।
यो योजना अन्तर्गत सुजुकीका नयाँ ग्राहकले अधिकतम २ लाख २५ हजारसम्म नगद छुट, २ लाख रुपैयाँ एक्सचेन्ज बोनस र एक वर्षको निशुल्क बिमाको सुविधा पाउने कम्पनिले बताएको छ ।
यो अफर नेपालमा रहेका ३५ वटै सुजुकी डिलरमा उपलब्ध हुनेछ । सबैभन्दा बढी प्रडक्ट रेन्ज रहेको सुजुकीले हाल नेपालमा अल्टो के १०, एसप्रेसो, सेलेरियो, इग्निस, स्विफ्ट, बलेनो, डिजायर, सियाज, एसक्रस, इर्टिगा, एक्सएल ६, इको भ्यान, इको कार्गो र सुपर क्यारी बिक्री गर्दै आएको छ ।
सुजुकी कम्पनिका अनुसार यो ‘खुसीको साँचो’ अफर सिमित अवधिका लागि लागू गरिएको जनाएको छ ।
