काठमाण्डौः स्वर सम्राट नारायण गोपालको स्वरको लोकप्रिय गीत ‘मलाई माफ गरिदेउ….’ को कभर गीत सार्वजनिक भएको छ ।
लण्डनमा बसोबास गर्दै आएका पञ्जाबी गायक गेभी सिंहले ‘मलाई माफ गरिदेउ’ गाएका हुन् ।
उक्त गीतको भिडियोलाई एमटिएस प्रोडक्सनले निर्माण गरेका हो । उक्त गीतको भिडियो संसार ब्ल्गको यूट्युब च्यानलबाट रिलिज गरीएको छ । लण्डनमै छायांंकन गरिएको यो भिडियोको निर्देशन जि एस जोन्नीले गरेका हुन् ।
