काठमाण्डौः अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्मा अभिनित रोमान्टिक गीत ‘स्वर्गकी अप्सरा’ सार्वजनिक भएको छ ।
कविराज गहतराजद्वारा निर्देशित भिडियोमा आकाश र पूजा प्रेम जोडीको रुपमा रोमान्टिक मुडमा देखिएका छन् । दीपक कंडेलको शब्द, सुगम पोखरेल र अन्जु पन्तको स्वर रहेको गीतमा दीपक वसन्त कार्कीले संगीत भरेका छन् ।
प्रेममा रहँदा मायालु जोडीले एक अर्कालाई गर्ने माया तथा त्यस क्रममा गर्ने बयानका मीठा र रोमान्टिक शब्दले भरिएका गीतको संगीत संयोजन सुदीप सागर हुन् ।
