काठमाण्डौं: विश्व स्वास्थ्य संगठनले नेपाललाई नोवेल कोरोना भाइरस अर्थात कोभिड–१९ को उच्च जोखिमको सूचीमा राखे लगत्तै यसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले उच्च स्तरिय समिति गठन गरेको छ।
शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा बालुवाटारमा बसेको बैठकले कोरोना संक्रमण नियन्त्रणका लागि आवश्यक कदम चाल्न उच्च स्तरिय समिति गठन गर्ने निर्णय गरेको हो।
सरकारले उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा समिति गठन गरेको छ ।
कोरोना नियन्त्रणका लागि गठन गरिएको उच्च स्तरिय समितिको बैठकले गरेका निर्णयहरु प्रेस विज्ञप्ति मार्फत सारवजनिक गरिएको हो ।
कोरोना नियन्त्रणका लागी बैठकले गरेका ५ निर्णयहरु:
- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हरेक यात्रुको स्वास्थ्य जाँच।
- प्रभावित क्षेत्रबाट आउने कुनै पनि व्यक्ति १४ दिन क्वारेन्टाइनमा बस्नैपर्ने।
- नेपाल भ्रमण वर्षको अन्तर्राष्ट्रिय ‘क्याम्पियन’ स्थगित गर्नुका साथै नेपालमा हुने सम्मेलनहरुका बारेमा सरकारलाई अनिवार्य जानकारी गरिनुपर्ने।
- संक्रमण फैलिएका देशहरुबाट एयर लिफ्ट गरेर ल्याउन सम्भव नहुने।
- उडान स्थगित गर्ने नगर्ने बारेमा एक–दुई दिनभित्र निर्णय हुने।
