काठमाण्डौः विदेशिएकाहरुको मर्मस्पर्शी कथा समेटिएको ‘परदेशी हजुर’ नामक टेलिशृंखलाको पहिलो भाग सार्वजनिक भएको छ । बढ्दो बेरोजगारी र चरम गरिबीका कारण युवाहरु गाउँमा बस्नै नसक्ने अवस्थाकाबीच विदेशिनु आम युवाहरुको बाध्यता हो ।
पढ्ने–लेख्ने बेलामा मेलापात र गोठालो जानुपर्ने, मुस्किलले पढेकाहरुले पनि उच्चशिक्षा राम्रोसँग पढ्न नसक्ने, पढिहाले पनि रोजगारीको अभावलगायतका समस्याले आम नेपाली युवा वैदेशिक रोजगारीको लागि जान बाध्य भएको कथालाई ‘परदेशी हजुर’मा देखाउन खोजिएको छ ।
