सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

लामिछानेको गीति संग्रह तृष्णा विमोचन, ‘जीवनको दाउ राखेर विदेश’ गीतको भिडियो सार्वजनिक

२०७९ असार १८, शनिबार

काठमाण्डौः गायक बुद्धि सागर लामिछानेको गीति संग्रह तृष्णा विमोचन गरिएको छ। काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले गीति संग्रहको विमोचन गरेका हुन्।

सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत् नागरिक उड्डयन महाशाखाका सहसचिवसमेत रहेका लामिछानेको उक्त गीति संग्रहमा ९ वटा गीत समावेश छन्।

सोही संग्रहमा समावेश भएको ‘जीवनको दाउ राखेर विदेश’ गीतको भिडियो हाइलाइट्स नेपालको युट्युब च्यानलमा सार्वजनिक गरिएको छ। भिडियोमा मिलन कार्की र अन्जु देउवाले अभिनय गरेका छन्।

गीतमा बुद्धि सागरकै शब्द र विपिन घिमिरेको संगीत रहेको छ भने संजय श्रीपालीले संगीत संयोजन गरेका छन्।

गीतको भिडियोलाई अनिल के मानन्धरले छाँयाकन गरेका हुन् भने मनोज कार्कीले सम्पादन गरेका हु्न्।

कार्यक्रममा नेपाल सरकारका सचिवहरु सुरेश आचार्य, भरतमणि सुवेदी, समीक्षक दिनेश अधिकारी, संगीतकार सुरेश अधिकारी, गायक स्वरुपराज आचार्यलगायत सहभागी थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अन्याय र विकृतिविरुद्ध पाँच भाइको संघर्ष, ‘पाँच पाण्डव’को ट्रेलर सार्वजनिक

सात महिनामै ‘मायालाई के दिऊँ म बैना’ले पार गर्‍यो पाँच करोड भ्युज

गायिका नीता आचार्यको ‘ए फूल ए जुन’ सार्वजनिक (भिडियो)

कीर्तिमानी डा. उपाध्यायको नयाँ भजन ‘श्रीराम’(भिडियो सहित)

कलाकार दिपेन्द्र खड्का र मन्जु भण्डारीको गीती सङ्ग्रह ‘तारा पिलिपिली’

चलचित्र ‘मायाको गाउँ’ मा समावेश ‘सबले भन्छन् जिन्दगी त..’ बोलको गीत सार्वजनिक

सुर रक्सको नयाँ गीत ‘पञ्चेबाजा बजाई लान्छु’ सार्वजनिक (भिडियो)

प्रेम–वियोगको भावनाले भरिएको ‘अभिमन्यु’ को नयाँ गीत ‘मरौ ज्यानले’ सार्वजनिक

नेपाली चलचित्र ‘धागो’को ट्रेलर सार्वजनिक (भिडियो हेर्नुहोस्)

आशान्त शर्माको फिल्म ‘ताराहरू’ को ट्रेलर सार्वजनिक

सरलाको तीज गीतमा शान्तिश्री परियारको स्वर (भिडियो)

वसन्ती र राजको स्वरमा व्यंग्यात्मक तीज गीत ‘सुनको चुराले’ (भिडियो)