काठमाण्डौः सुरेन्द्र पौडेलले निर्देशन गरेको फिल्म ‘बाबरी’को ‘चुलबुल चुलबुल’ बोलको गीत सार्वजनिक भएको छ। रोमान्टिक गीतमा अदिती बुढाथोकी र धिरज मगर फिचर्ड छन्।
बिहीबार सार्वजनिक गरिएको गीतमा सुजन चापागाईं र सुनिता थेगिमकको स्वर सुन्न सकिन्छ। रविन्द्र लामिछानेको शब्द रहेको गीतमा गायक चापागाईंले नै संगीत भरेका छन्। यो गीतलाई विक्रम लामा र एञ्जिला खत्रीले कोरियोग्राफी गरेका हुन्।
