काठमाण्डौः रामजी खाँण, किरण बाबु पुन र टीका पुनले लामो समयपछि क्षितिज पारी २ ‘नजरबन्दमा’ गीत बजारमा ल्याएका छन् ।
गीतमा शब्द तथा संगीत किरण बाबु पुनको रहेको छ । जसमा रामजी खाँण र टीका पुनले स्वर दिएका छन् । गीतको भिडियोमा गायक खाँण र सारिका केसीले फिचरिङ गरेका छन् । यो टिमले ९ वर्षअघि क्षितिज पारी उनको बस्तीमा बोलको लोक गीत सार्वजनिक गरेको थियो ।
जुन गीत निकै लामो समयसम्म पनि चर्चामा रहेको थियो ।
