सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

दृष्टिविहिनहरुलाई प्रोत्साहन गर्ने गिथियाको गीतमा सृष्टि र सुदेव (भिडियोसहित)

२०७९ असार ३२, शनिबार

काठमाण्डौः दृष्टिबिहिनहरुलाई प्रोत्साहन गर्ने उदेश्यले तयार पारिएको अडियो डिस्क्रेप्टिभ म्युजिक भिडियो काठमाडौंमा सार्वजनिक गरिएको छ । क्यानेडियन गायिका गिथिया बर्मनको शब्द, संगीत तथा स्वर रहेको गीतको भिडियोलाई एनोदर वर्ल्डको रुपमा प्रस्तुत गरिएको छ ।

सृष्टि केसी र सुदेव सुरेशलाई प्रस्तुत गरिएको उक्त भिडियोमा सृष्टि केसी र गिथिया बर्मनको कन्सेप्ट छ । भिडियोको निर्देशन गिथिया बर्मनले गरेकी हुन् । आमोश पुठियाटिलको डिओपी रहेको भिडियोको कोरियोग्राफी सदिक ज्याकीले गरेका छन् ।

अडियोको डिस्क्रिप्सन र लेखनको कार्य सारदाको रहेको छ ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोल, युरोपियन युनियन एम्बासडर नोना, अभिनेता राजेश हमाल, अभिनेत्री मिथिला शर्मा, गायक रामकृष्ण ढकाल, गायिका अन्जु पन्त, अभिनेता प्रशान्त ताम्राकार, अभिनेत्री सुरक्षा पन्त, मिस नेपाल उषा खड्गी आदि उपस्थित थिए ।

कार्यक्रमको सुरुवातमा मिस्टर एन्ड मिस्टर ब्लाइन्ड रक्सका बिजेता समिना लावतीले स्वागत मन्तब्य तथा किरणले गीत गाएका थिए । कार्यक्रममा उपस्थित अतिथिहरुले सृस्टि केसीको कामको प्रशंशा गर्दै शुभकामना दिए । यो भिडियोलाई गायिका गिथिया बर्मनको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अन्याय र विकृतिविरुद्ध पाँच भाइको संघर्ष, ‘पाँच पाण्डव’को ट्रेलर सार्वजनिक

सात महिनामै ‘मायालाई के दिऊँ म बैना’ले पार गर्‍यो पाँच करोड भ्युज

गायिका नीता आचार्यको ‘ए फूल ए जुन’ सार्वजनिक (भिडियो)

कीर्तिमानी डा. उपाध्यायको नयाँ भजन ‘श्रीराम’(भिडियो सहित)

कलाकार दिपेन्द्र खड्का र मन्जु भण्डारीको गीती सङ्ग्रह ‘तारा पिलिपिली’

चलचित्र ‘मायाको गाउँ’ मा समावेश ‘सबले भन्छन् जिन्दगी त..’ बोलको गीत सार्वजनिक

सुर रक्सको नयाँ गीत ‘पञ्चेबाजा बजाई लान्छु’ सार्वजनिक (भिडियो)

प्रेम–वियोगको भावनाले भरिएको ‘अभिमन्यु’ को नयाँ गीत ‘मरौ ज्यानले’ सार्वजनिक

नेपाली चलचित्र ‘धागो’को ट्रेलर सार्वजनिक (भिडियो हेर्नुहोस्)

आशान्त शर्माको फिल्म ‘ताराहरू’ को ट्रेलर सार्वजनिक

सरलाको तीज गीतमा शान्तिश्री परियारको स्वर (भिडियो)

वसन्ती र राजको स्वरमा व्यंग्यात्मक तीज गीत ‘सुनको चुराले’ (भिडियो)