काठमाण्डौः विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना (कोभिड १९) भाइरसबारे जानकारी लिन र सही सूचना दिन नेपाली सेनाले मोबाइल एप बनाएको छ।
सेनाले आम सर्वसाधारणबाट कोरोनाबारे सूचना प्राप्त गरी आकस्मिक सेवा प्रवाह गर्ने उद्देश्यले एप बनाएको शनिबार विज्ञप्ति मार्फत् जानकारी गराएको हो।
यो एपमार्फत् सर्वसाधारणले परिवार, छिमेकी र साथीभाइमा कोरोना लक्षण देखिए विवरण पठाउन सक्नेछन्। सेनाले संकटमा आधिकारीक सूचनाका निम्ति यो एप महत्वपूर्ण हुने विश्वास व्यक्त गरेको छ।
यो एप डाउनलोड गर्न सेनाको आधिकारीक वेभसाइट https://www.nepalarmy.mil.np/ बाट गर्न सकिन्छ। सेनाले एपको प्रयोगविधिलाई समेत वेभसाइटमा राखेको छ। जसका लागि यो लिंकमा क्लिक http://health.mil.np/ गर्नुपर्ने हुन्छ।


