सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

सोसल मिडियाको लत छुटाउन फेसबुकको Quiet Mode फिचर आउदै

२०७६ चैत्र २९, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः सोसल मिडिया प्लाटफर्म फेसबुक विश्वमा सर्वाधिक लोकप्रिय सोसल मिडिया हो । परिवार तथा मित्रजनसँग जोडिने सबैभन्दा सहज माध्यम बनिरहेको छ फेसबुक ।

तर सामाजिक सञ्जालमा आफूलाई जोड्ने र दुनियासँग साक्षात्कार गराउनका लागि प्रयोग हुने फेसबुक समयक्रम सँगै मानिसहरुको लतमा परिणत भएको छ । मानिसहरु अत्यधिक समय फेसबुकमा झुण्डिने समस्या बढिरहेको र यसले फेसबुक प्रयोगकर्ताहरुमा मानसिक तथा सामाजिक समस्या सिर्जना गरिरहेको विभिन्न अध्ययनहरुले देखाएका छन् ।

प्रयोगकर्ताहरुमा बढिरहेको फेसबुकको यहीँ लतलाई छुटाउनका लागि फेसबुक स्वयंमले एक नयाँ फिचर सुरु गरेको छ । फेसबुकले आफ्नो एपमा एक नयाँ टूल थप गरेको छ । Quiet Mode नामक उक्त टूलले प्रयोगकर्तालाई फेसबुक प्रयोग कम गर्नका लागि मार्ग प्रसस्त गर्दछ । क्वाइट मोडका माध्मबाट प्रयोगकर्ताहरुले यो प्लाटफर्ममा बिताउने समय कम गर्न सक्नेछन् ।

फेसबुकले तत्कालका लागि आइफोन प्रयोगकर्ताका लागि यो फिचर सार्वजनिक गरिसकेको छ । आगामी मे महिनामा एन्ड्रोइड प्रयोगकर्ताका लागि पनि क्वाइट फिचर उपलब्ध हुने बताइएको छ ।

Quiet Mode मा प्रयोगकर्ताले एक तालिका सेट गर्नुपर्दछ । उक्त मोड एक्टिभेट भएसँगै फेसबुक एपमा नयाँ मेसेज तथा अन्य विषयका नोटिफिकेसन म्यूट हुनेछन् ।

यो फिचरका माध्यमबाट आफुले कति समय फेसबुकमा के गरेर बिताइयो भन्ने कुरा पनि थाहा पाउन सकिनेछ । क्वाइट मोडका क्रममा प्रयोगकर्ताले फेसबुकको अधिक प्रयोग गर्न पाउँदैनन् ।

फेसबुकको स्वास्थ्य विभागका अधिकारी कांग जिंग जिनका अनुसार क्वाइट मोडले पुस नोटिफिकेसनलाई म्यूट गरिदिन्छ । यदि तपाइँले क्वाइट मोडमै राखेर फेसबुक चलाउन थाल्नुभयो भने ‘तपाइँले अहिले फेसबुक नचलाउने निर्णय गर्नुभएको हो’ भन्ने जानकारी दिनेछ । क्वाइट मोडको तालिका म्यानुअल्ली पनि सेट गर्न सकिन्छ । साथै दिनका केही घण्टा स्वतः छनोट गर्न पनि सकिन्छ ।

स्मरण रहोस् यो नयाँ फिचर फेसबुकमा पहिलेदेखि नै उपलब्ध mute push notifications सेटिंग्स भन्दा विल्कुलै फरक छ । उक्त फिचरले पुस नोटिफिकेसनमा रोक लगाए तापनि आफुले चाहेको समयमा मात्र रोक्ने गरी सेटिंग्स मिलाउन सकिँदैन । अनलाईन खबरबाट ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

डिजिटल सुरक्षा र साक्षरता अभिवृद्धि सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री डा तिमिल्सिना

टेलिफोन पहुँचबाट वञ्चित हुनुपर्ने अवस्थाको चाँडै अन्त्य हुन्छः सञ्चारमन्त्री डा तिमिल्सिना

इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार प्राधिकरणको निर्देशन

गोपनीयता उल्लंघनको आरोपमा फेसबुकलाई इटालीकाे ८८० मिलियन डलर जरिवाना

नेपाल टेलिकमले ३० एमबीपीएस फाइबर र मेस एपी अफरको अवधि थप्यो

विपद्पछिको सञ्चार पूर्वाधार पुनर्निर्माणमा अन्तरराष्ट्रिय सहयोग आवश्यक छ : मन्त्री तिमिल्सिना

नेपाल टेलिकमको खरिद प्रक्रियाबारे भ्रमपूर्ण समाचार नफैलाउन आग्रह

बाजुरामा इन्टरनेट र टेलिफोन सेवा अवरुद्ध

प्रेस स्वतन्त्रता अक्षुण्ण राख्दै आमसञ्चार क्षेत्रलाई व्यवस्थित बनाउनुपर्छः मन्त्री डा तिमिल्सिना

सूचना प्रविधि प्रयोगशाला

सामाजिक सञ्जालबाटै करोडौँ आम्दानी

एनटी फाइबरको प्याकेजमा ग्राहकको आकर्षण, अनलाइनबाटै सेवा लिन सकिने