सदाबहार खबरको रफ्तार ....
भाद्र ३१, २०८१ सोमबार
September 16, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

राजसंस्था बारे शीर्ष नेताहरुको टिप्पणी : जनतालाई सशंकित बनाउने खेल (भिडियो)

२०७६ भाद्र २, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

 राजसंस्था पुर्नस्थापनाका लागि न अहिले आन्दोलन भएको छ, न त शसक्त रुपमा कुनै पहल नै भएको छ ।

तर, एक पछि अर्को गर्दै राजनीतिक दलका शीर्ष नेताहरुले नै यसबारे बहस चलाउँदा राजसंस्थाको बहस सतहमुनि कतै न कतै भईरहेको त छैन भन्ने आशंका उब्जिएको छ । अझ प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमै प्रतिगमनको दिवास्वप्न नदेख्न चेतावनी दिएपछि आशंकामा थप बल पुगेको छ ।

राप्रपा अध्यक्ष कमल थापाले एकाधरुपमा राजसंस्थाको आवश्यक छ भनेर भाषण गर्ने बाहेक स्वयम् पूर्व राजा ज्ञानेन्द्र शाहलेसमेत राजसंस्था आवश्यक छ भनेर मुख खोलेका छैनन् ।

यसका लागि आन्दोलन भएको वा दर्बिलो रुपमा माग अघि बढेको पनि होइन । सरोकारवाला  निकायले यो विषयमा कुरा नउठाइरहेका बेला गणतन्त्रतात्मक व्यवस्थाका व्यवस्थापहरुबाटै राजसंस्थाको विषयमा पछिल्ला दिनमा एक पछि अर्कोे अभिव्यक्ति आइरहेका छन् ।

सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहाल, विपक्षी दल कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललगायतले राजसंस्थाको पुर्नसथापनाका लागि चलखेल भइरहेको छ भनेर दिएको अभिव्यक्ति सेलाउन नपाउँदै प्रधानमन्त्री ओलीले संसदमै यो विषय प्रवेश गराएका छन् ।

संसद त्यस्तो थलो हो, जहाँ जनप्रतिनिधिमार्फत सत्य र तथ्य कुरा नागरिकसमक्ष लैजानका लागि सरकारले आफ्नो योजना सुनाउने गर्छ, र त्यो ससदमा रेकर्ड हुन्छ ।

तर, गणतन्त्रको मुख्य रक्षक रहेका प्रधानमन्त्री ओलीले राजसंस्था पुर्नस्थापनाका लागि चलखेल भएको भन्ने विषयलाई संसदमा बोलेर रेकर्ड गराइदिएका छन् । प्रधानमन्त्री ओलीले राजसंस्थालाई चिहानसँग तुलना गर्दै चिहानको हड्डी फुकेर कुनै संस्था फर्कन नसक्ने बताएका छन् ।

यदि संविधान र कानुन विपरीत काम भएको भएको भए दण्ड सजाय गर्ने अख्तियार सरकारलाई छ । प्रधानमन्त्री नै संविधान र कानुन विपरीत काम भएको पनि भनिरहेका छन्, दण्ड गर्न पनि सकिरहेका छैनन् ?

राजसंस्थाको विषयमा संसदमा प्रधानमन्त्रीले बोलिरहँदा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले पनि राजसंस्थालाई डाइनोसरसँग तुलना गरेका छन् ।

एकै दिन सरकारका यति महत्वपूर्ण पदाधिकारीबाट व्यवस्था इतर विषयमा किन यति धेरै आक्रोश व्यक्त भयो । साँच्चै पूर्व राजपरिवारले व्यवस्थाविरुद्ध चलखेल गरेको भए प्रमाणसहित नागरिकलाई भन्नुपर्ने आवश्यक्ता देखिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

मुख्यमन्त्री कार्कीले असोज २ गते विश्वासको मत लिने

लुम्बिनी प्रदेश योजना आयोगको उपाध्यक्षमा अर्याल नियुक्त

सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

सहकारीको बचत हिनामिनामा रवि लामिछाने दोषी ठहर

संबैधानिक परिषदको बैठक आज बस्दै

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

जनाधिकार र स्वाधीनताका लागि माओवादी बलियो बन्न आवश्यक- प्रचण्ड

संसद अधिवेशन अन्य गर्न सिफारिश गर्ने सरकारको निर्णय

दुई ठूला दल मिल्दा जनतामा आत्मविश्वास बढेको छः उपमहासचिव ज्ञवाली

काठमाडौंलाई हेर्न लायक सहर बनाउँछौँ : उपप्रधानमन्त्री सिंह

जनताको अधिकारलाई बाहिर राखेर लोकतान्त्रिक समाजवादको कल्पना गर्न सकिँदैन : नेता सिटौला

रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै