सदाबहार खबरको रफ्तार ....
असोज १४, २०८० आइतबार
October 1, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सत्तारुढ नेकपाका नेताहरुको वरियता हेरफेर, माधवकुमार नेपाल घटुवा, झलनाथ खनालको बढुवा

२०७६ भाद्र २, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

आइतबार बसेको सचिवालय बैठकले अध्यक्षद्वयपछिको वरियतामा वरिष्ठ नेता झलनाथ खनाललाई राख्ने निर्णय गरेको हो । वरियतामा खनालभन्दा पछाडी वरिष्ठ नेता माधवकुमार नेपाललाई राख्ने निर्णय बैठकले गरेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले माधवकुमार नेपालको असन्त्ुष्टि र विरोधका बाबजुद पनि उनलाई अर्का नेता खनालभन्दा पछाडीको वरियतामा राखेको हो । नेता नेपालले बैठकमा ‘नोट अफ डिसेन्ट’ लेखेर आफ्नो असन्तुष्टि जनाएका छन् ।

पार्टी एकता हुँदा वरिष्ठ नेता नेपाललाई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालपछि तेस्रो वरियतामा राखिएको थियो । खनालले आफू विदेश हुँदा एकलौटी ढंगले वरियता तोकेको भन्दै असन्तुष्टि जनाउँदै आएका थिए । खनालकै असन्तुष्टि सम्बोधन गर्ने क्रममा आइतबार नेकपाले नेताहरुको वरियतामा हेरफेर गरेको हो ।

बैठकले जनवर्गीय संगठनमा इञ्चार्जसमेत तोकेको छ । जसअनुसार किसान महासंघमा बामदेव गौतमलाई इञ्चार्ज र सुनील मानन्धरलाई सहइञ्चार्ज बनाउने निर्णय भएको छ । त्यस्तै ट्रेड यूनियन महासंघको इञ्चार्जमा जयपुरी घर्ती र सहइञ्चार्जमा विनोद श्रेष्ठ चयन भएका छन् ।

बैठकले विभिन्न जनवर्गीय संगठन, सम्पर्क कमिटी र समितिहरुमा इञ्चार्ज र सहइञ्चार्ज समेत तोकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

गगन थापाकाे प्रस्ताव – कांग्रेसका मन्त्रीहरु फिर्ता बोलाऔं, समाजवादी मोर्चालाई सरकार चलाउन दिऔं

नेपालमा कम्युनिष्ट पार्टी बाहेक कुनै पार्टीले देश हाँक्न सक्दैन : नेता नेपाल

देशमा देखिएका संकटको समाधानका लागि गम्भीर कदम चाल्न प्रधानमन्त्रीलाई नेकपा एसले बुझायो ध्यानाकर्षण (पत्र सहित)

राप्रपाका अध्यक्ष लिङ्देन स्वदेश फिर्ता

सरकारले उच्चस्तरीय आयोग नबनाएसम्म संसद् चल्न नदिने एमालेको चेतावनी

नीति निर्माणसँगै कार्यान्वयन पक्ष झनै कम्जोर छ : अध्यक्ष केसी

काङ्ग्रेस सकियो भन्ने भाष्य निर्माण गर्न खोजिदैछः उदय शम्शेर

कर्णाली एमालेः अध्यक्षका दुइ दाबेदारले उम्मेदवारी फिर्ता लिए

एमाले कर्णाली अधिवेशन : नेतृत्व चयनका लागि आज मतदान हुँदै

एमाले बाग्मतीको अध्यक्षमा ढुंगेल निर्वाचित, एक मतले नवराज सिलवाल बिजयी

एमाले कर्णाली प्रदेशको अध्यक्षमा चार जनाको उम्मेदवारी दर्ता

एमाले बागमती प्रदेशको मतपरिणाम आजै आउने