सदाबहार खबरको रफ्तार ....
जेठ १, २०८३ शुक्रबार
May 15, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सत्तारुढ नेकपाका नेताहरुको वरियता हेरफेर, माधवकुमार नेपाल घटुवा, झलनाथ खनालको बढुवा

२०७६ भाद्र २, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

आइतबार बसेको सचिवालय बैठकले अध्यक्षद्वयपछिको वरियतामा वरिष्ठ नेता झलनाथ खनाललाई राख्ने निर्णय गरेको हो । वरियतामा खनालभन्दा पछाडी वरिष्ठ नेता माधवकुमार नेपाललाई राख्ने निर्णय बैठकले गरेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले माधवकुमार नेपालको असन्त्ुष्टि र विरोधका बाबजुद पनि उनलाई अर्का नेता खनालभन्दा पछाडीको वरियतामा राखेको हो । नेता नेपालले बैठकमा ‘नोट अफ डिसेन्ट’ लेखेर आफ्नो असन्तुष्टि जनाएका छन् ।

पार्टी एकता हुँदा वरिष्ठ नेता नेपाललाई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालपछि तेस्रो वरियतामा राखिएको थियो । खनालले आफू विदेश हुँदा एकलौटी ढंगले वरियता तोकेको भन्दै असन्तुष्टि जनाउँदै आएका थिए । खनालकै असन्तुष्टि सम्बोधन गर्ने क्रममा आइतबार नेकपाले नेताहरुको वरियतामा हेरफेर गरेको हो ।

बैठकले जनवर्गीय संगठनमा इञ्चार्जसमेत तोकेको छ । जसअनुसार किसान महासंघमा बामदेव गौतमलाई इञ्चार्ज र सुनील मानन्धरलाई सहइञ्चार्ज बनाउने निर्णय भएको छ । त्यस्तै ट्रेड यूनियन महासंघको इञ्चार्जमा जयपुरी घर्ती र सहइञ्चार्जमा विनोद श्रेष्ठ चयन भएका छन् ।

बैठकले विभिन्न जनवर्गीय संगठन, सम्पर्क कमिटी र समितिहरुमा इञ्चार्ज र सहइञ्चार्ज समेत तोकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

‘पार्टी सदस्यका समस्या समाधान गर्न क्रियाशील सदस्यता अद्यावधिक गरिने’

चुनावपछि पहिलोपटक बस्दै एमाले सचिवालय बैठक

कांग्रेसको केन्द्रीय अनुशासन समिति पुनर्गठन

रास्वपाको महाधिवेशनमा २५ सय प्रतिनिधि सहभागी हुने

रास्वपाको प्रथम महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा

रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

मदन–आश्रित स्मृति दिवस मनाउन एमालेमा तयारी बैठक

कांग्रेसभित्र कसैलाई पक्षपात हुँदैनः महामन्त्री घिमिरे

नीति तथा कार्यक्रमले विद्यमान गम्भीर प्रश्नहरूको उत्तर दिन सकेनः नेता थापा

कांग्रेसद्वारा २१ बुँदे ‘कर्णाली सङ्कल्प पत्र’ जारी

जनतालाई न्याय गर्न अध्यादेश ल्याउनुपरेको होः रास्वापा नेता पराजुली

शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने जिम्मेवारी सरकारको होः संयोजक दाहाल