सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

अफगानी मदरसामा विस्फोट: १६ जनाको मृत्यु‚ २४ घाइते

२०७९ मंग्सिर १४, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः अफगानिस्तानमा बम विस्फोटमा कम्तीमा १६ जना विद्यार्थीको मृत्यु भएको छ। त्यस क्रममा २४ जना घाइते भएका छन्।

बम विस्फोट सामंगन प्रान्तको मध्यभागमा रहेको ऐबाक शहरको मदरसामा भएको थियो। अफगानिस्तानमा वेलावेला यस्ता आतंकवादी घटना हुने गरेका छन्। दुई महिनाअघि काबुलमा पनि बम विस्फोट भएको थियो।

अफगानिस्तानको गृह मन्त्रालयका प्रवक्ता अब्दुल नाफी ताकोरले उत्तरी सामंगन प्रान्तको राजधानी ऐबाकमा भएको विस्फोटमा धेरै घाइते भएको जानकारी दिएका छन्। टोलो न्यूजले एक चिकित्सकलाई उद्धृत गर्दै विस्फोटमा १६ जनाको मृत्यु भएको जनाएको छ। करिब २७ जना घाइते भएका छन्। मदरसामा दिउँसोको नमाजका वेला विस्फोट भएको हो। विस्फोट भएको मदरसा हालै निर्माण गरिएको हो।

रिपोर्टका अनुसार विस्फोटमा ज्यान गुमाउने र घाइते भएका अधिकांश मदरसामा अध्ययनरत विद्यार्थी रहेका छन्। अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन।

तालिबान अगस्ट २०२१ मा सत्तामा फर्किएको छ। त्यसयता यहाँ धेरै विस्फोट भएका छन्। कुनै विस्फोटको जम्मेवारी भने इस्लामिक स्टेट खोरासान (आईएसकेपी) ले लिने गरेको छ। एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

युरेनियम विवादले इरान–अमेरिका वार्ता ठप्प

जीवाश्म इन्धनमा विवादले जलवायु वार्ता लम्बियो

भारतमा दूषित मदिरा सेवनबाट ११ जनाको मृत्यु

हर्मुजमा पौडी खेलेर युद्धको असर उजागर

फिलिपिन्समा विमानको आपत्कालीन अवतरण, सबै सुरक्षित

इरानमाथि थप सैन्य कारबाही रोक्ने प्रस्ताव अमेरिकी सिनेटबाट अस्वीकृत

हरेदी दलसँग गठबन्धन बन्ने लिबरम्यानको विश्वास

आर्थिक आत्मनिर्भरता र पारिवारिक जीवन सुरु गर्न युवालाई चुनौती बढ्दै : राष्ट्रसङ्घीय प्रतिवेदन

रोहिङ्ग्याको न्यायको आशा, घर फर्कने प्रतीक्षा

जीवाश्म इन्धनमा विवादले जलवायु वार्ता अन्योलमा

मुद्रास्फीति बढेपछि श्रीलङ्काले ब्याजदर बढायो

इरानको चेतावनी : सर्त मान, नत्र युद्धको सामना गर