सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

रोहिङ्ग्याको न्यायको आशा, घर फर्कने प्रतीक्षा

२०८३ मंग्सिर ४, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

कक्स बजार (बङ्गलादेश), ४ मङ्सिर (रासस/एपी) : रोहिङ्ग्या समुदायविरुद्ध नरसंहार गरेको ठहर गर्दै अन्तर्राष्ट्रिय न्यायालयले दिएको ऐतिहासिक फैसलाको बङ्गलादेशस्थित शरणार्थीले स्वागत गरेका छन् । तर म्यान्मामा सुरक्षित रूपमा घर फर्कन पाएपछि मात्रै आफूहरूले वास्तविक न्यायको अनुभूति गर्ने उनीहरूको भनाइ छ ।

कक्स बजारका शिविरमा भेला भएका सयौँ रोहिङ्ग्याले हेगस्थित अन्तर्राष्ट्रिय न्यायालयको फैसला प्रत्यक्ष हेरेका थिए । अदालतले सन् २०१७ मा रोहिङ्ग्यामाथि भएको सैन्य दमनलाई नरसंहार ठहर गर्दै म्यान्मालाई शरणार्थीको सुरक्षित स्वदेश फिर्ती सुनिश्चित गर्न, क्षतिपूर्ति दिन र दोषीमाथि कारबाही गर्न आदेश दिएको छ ।

रोहिङ्ग्या समुदायका नेता मोहम्मद रोफिकले फैसलालाई विजयको संज्ञा दिँदै यसले आफूहरूको पीडालाई अन्तर्राष्ट्रिय मान्यता दिएको बताउनुभयो । अर्का नेता सैयद उल्लाले यस निर्णयले रोहिङ्ग्याको छुट्टै जातीय पहिचान, भाषा र संस्कृतिलाई स्वीकार गरेको उल्लेख गर्नुभयो । शरणार्थी मोहम्मद उस्मानले भने म्यान्मालाई कडा सजाय दिन अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गर्नुभयो ।

सन् २०१७ अगस्टमा रोहिङ्ग्या विद्रोहीको आक्रमणपछि म्यान्माको सेनाले राखाइन राज्यमा सैन्य अभियान चलाएको थियो । त्यस क्रममा सामूहिक हत्या, बलात्कार र हजारौँ घर जलाएको आरोप लागेको थियो । अदालतले उपलब्ध प्रमाणले करिब १० हजार रोहिङ्ग्याको हत्या भएको देखाएको जनाएको छ ।

फैसला कानूनी रूपमा बाध्यकारी भए पनि कार्यान्वयन गराउने प्रत्यक्ष संयन्त्र सीमित छ । हाल बङ्गलादेशमा करिब १२ लाख रोहिङ्ग्या शरणार्थी छन् । उनीहरू भीडभाडयुक्त शिविरमा कठिन जीवन बिताइरहेका छन् । बङ्गलादेशले उनीहरूलाई सुरक्षित रूपमा म्यान्मा फर्काउन अन्तर्राष्ट्रिय सहयोग माग्दै आएको छ । तर ऐतिहासिक फैसलापछि पनि स्वदेश फिर्ती कहिले सम्भव हुन्छ भन्ने अझै अनिश्चित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

आर्थिक आत्मनिर्भरता र पारिवारिक जीवन सुरु गर्न युवालाई चुनौती बढ्दै : राष्ट्रसङ्घीय प्रतिवेदन

जीवाश्म इन्धनमा विवादले जलवायु वार्ता अन्योलमा

मुद्रास्फीति बढेपछि श्रीलङ्काले ब्याजदर बढायो

इरानको चेतावनी : सर्त मान, नत्र युद्धको सामना गर

इरानमाथि सैन्य कारबाही अपरिहार्य भएको नेतान्याहुको दाबी

युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास

एआईको नियन्त्रण केही प्रविधि कम्पनीको हातमा सीमित हुनु चिन्ताजनक : राष्ट्रसङ्घ

रोहिङ्ग्यामाथि म्यान्माले नरसंहार गरेको अन्तर्राष्ट्रिय अदालतको ठहर

चीन, अमेरिका र रुसद्वारा ‘शान्ति घोषणापत्र’ जारी

चीनद्वारा ‘शिजियान–२४’ भूउपग्रह सफलतापूर्वक प्रक्षेपण

इमरानको सुरक्षाका लागि छोराको विश्व समुदायसँग अपिल

हसिनाको फिर्तीको घोषणापछि बङ्गलादेशमा सुरक्षा कडा