सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

फेसबुकमा आउने अनावश्यक पोस्ट हाइड गर्ने तरिका

२०७९ पुष २०, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः फेसबुकले तपाईँका पुराना सम्झनालाई ताजा बनाइदिन्छ । यो एउटा राम्रो फिचर हो । किनकि यसले तपाईँका सम्झनालाई सजाएर राख्दछ । तर कहिलेकाहीँ न्युज फिड बिना कारण तपाईँको टाउको दुःखाइको विषय समेत बन्न सक्छ ।

फेसबुकमा शेयर गरिएका केही पोस्टहरू प्रति तपाईँलाई कुनै सरोकार हुँदैन । यस्ता पोस्टबाट जोगिन सबैभन्दा उत्तम उपाय भनेको सम्बन्धित पेज वा व्यक्तिलाई अनफलो गर्न सक्नुहुन्छ । तपाईँ सम्बन्धित व्यक्ति वा पेजको कुनै निश्चित पोस्ट लुकाउन सक्नुहुन्छ । यदि तपाईँ कुनै पोस्टलाई स्थायी वा लामो समयसम्मका लागि लुकाउन चाहनुहुन्छ भने फेसबुकले त्यसको पनि सुविधा दिएको छ ।

तपाईँ कुनै पोस्टलाई स्थायी वा अस्थायी रूपमा लुकाउन चाहनुहुन्छ भने त्यसका लागि कयौँ तरिका अपनाउन सक्नुहुन्छ ।

आफ्नो फेसबुक फिडबाट अनावश्यक पोस्ट कसरी हटाउने ?

-सबैभन्दा पहिला आफ्नो फेसबुक एप खोल्नुहोस् ।

-त्यसपछि आफ्नो फेसबुक अकाउन्टमा साइन इन गर्नुहोस् ।

-अब जुन पोस्टबाट तपाईँ छुट्कारा पाउन चाहनुहुन्छ, त्यसको दायाँ कुनामा रहेको थ्री डट (तीन थोप्ला) युक्त बटनमा थिच्नुहोस् ।

-त्यहाँ तपाईँले अनेक विकल्प फेला पार्नुहुनेछ ।

-यदि तपाईँ केवल निश्चित पोस्टलाई लुकाउन चाहनुहुन्छ भने ‘हाइड पोस्ट’ (Hide Post) विकल्पमा दबाउनुहोस् ।

-त्यसैगरी यदि तपाईँ उक्त व्यक्ति वा पेजको पोस्ट अस्थायी किसिमले लुकाउन चाहनुहुन्छ भने ३० दिनका लागि स्नुज (Snooze) मा ट्याप गर्नुहोस् । साथै यदि तपाईँ लामो समयसम्मका लागि पोस्ट लुकाउन चाहनुहुन्छ भने अनफलोको विकल्प समेत चयन गर्न सक्नुहुन्छ ।

-यस बाहेक यदि तपाईँ कुनै व्यक्ति वा पेजको पोस्टलाई प्राथमिकतामा राख्न चाहनुहुन्छ अथवा गुमाउन चाहनु हुन्न भने फेभ्रेटिज विकल्प रोज्न सक्नुहुन्छ । यसो गर्दा सम्बन्धित व्यक्ति वा पेजको पोस्ट प्राथमिकतामा पर्छ र तपाईँको फेसबुकको न्युज फिडमा त्यस्ता व्यक्ति तथा पेजका पोस्टहरू नै बढी मात्रामा देखिन थाल्छन् ।टेकपाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

डिजिटल सुरक्षा र साक्षरता अभिवृद्धि सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री डा तिमिल्सिना

टेलिफोन पहुँचबाट वञ्चित हुनुपर्ने अवस्थाको चाँडै अन्त्य हुन्छः सञ्चारमन्त्री डा तिमिल्सिना

इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार प्राधिकरणको निर्देशन

गोपनीयता उल्लंघनको आरोपमा फेसबुकलाई इटालीकाे ८८० मिलियन डलर जरिवाना

नेपाल टेलिकमले ३० एमबीपीएस फाइबर र मेस एपी अफरको अवधि थप्यो

विपद्पछिको सञ्चार पूर्वाधार पुनर्निर्माणमा अन्तरराष्ट्रिय सहयोग आवश्यक छ : मन्त्री तिमिल्सिना

नेपाल टेलिकमको खरिद प्रक्रियाबारे भ्रमपूर्ण समाचार नफैलाउन आग्रह

बाजुरामा इन्टरनेट र टेलिफोन सेवा अवरुद्ध

प्रेस स्वतन्त्रता अक्षुण्ण राख्दै आमसञ्चार क्षेत्रलाई व्यवस्थित बनाउनुपर्छः मन्त्री डा तिमिल्सिना

सूचना प्रविधि प्रयोगशाला

सामाजिक सञ्जालबाटै करोडौँ आम्दानी

एनटी फाइबरको प्याकेजमा ग्राहकको आकर्षण, अनलाइनबाटै सेवा लिन सकिने