काठमाण्डौं: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरस लक्षित आधिकारिक मोबाईल एप्स उपलब्ध गराएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सामाजिक सञ्जालमार्फत मोबाईल एप्स ‘हाम्रो स्वास्थ्य’ उपलब्ध गरिएको जानकारी गराएको हो ।
कोरोना लक्षित आधिकारिक मोबाईल एप्स ‘हाम्रो स्वास्थ्य’ एन्ड्रोइड र आइओएस दुबैमा उपलब्ध रहेको मन्त्रालयले जनाएको छ ।
यसमा दैनिक केस विवरण, अधावधिक स्थिति प्रतिवेदन, स्वस्मूल्षंकन फारम, अन्तरक्रियात्मक नक्सामा स्वास्थ्य संस्थाहरुको जानकारी, कोधिड-१९ को लक्षण तथा सुरक्षात्मक निर्देशिकाहरु लगायतका जानकारी उपलब्ध हुने मन्त्रालयले जनाएको छ ।
