सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८३ बिहिबार
May 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

चन्द्रमाको कक्षमा पुग्यो चन्द्रयान २

२०७६ भाद्र ५, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

भारतले चन्द्रमामा प्रक्षेपण गरेको चन्द्रयान २ नामक अन्तरीक्षयान चन्द्रमाको कक्षमा प्रवेश गरेको छ ।

भारतीय अन्तरीक्ष एजेन्सी इसरोका अनुसार पृथ्वीको कक्षबाट बाहिर निस्र्किएसँगै मंगलबार बिहान चन्द्रयान २ चन्द्रमाको कक्षमा प्रवेश गरेको हो ।

इसरोले एक विज्ञप्ती जारी गर्दै यस जटिल कार्यपश्चात् अन्तरीक्षयानलाई चन्द्रमाको ध्रसवमाथि अन्तिम कक्षमा प्रवेश गराइनेछ, जहाँ चन्द्रमाको सतहबाट यसको दूरी १ सय किालेमिटर हुनेछ ।

आउँदो सेप्टेम्बर ७ मा चन्द्रयान २ चन्द्रमाको दक्षिणी ध्रुवस्थित सतहमा अवतरण गर्ने इसरोले जनाएको छ ।

भारतले प्रक्षेपण गरेको चन्द्रयान २ ले ३ लाख ८४ हजार किलोमिटर दूरी पार गरी चन्द्रमाको कक्षमा प्रवेश गरेको छ । चन्द्रमाको कक्षमा यानलाई प्रवेश गराउनु निकै जटिल अपरेसन थियो ।

अवतरण अगाडि चन्द्रयान २ लाई चन्द्रमाको गुरुत्वाकर्षण क्षेत्रमा प्रवेश गराउने अर्थात् लूनर क्याप्चर मिसनमा सफलता हात पार्नु निकै चुनौतिपूर्ण थियो । किनकि सानो कमजोरीले पनि ठूलो खतरा पैदा गर्दथ्यो ।

किनकि यदि चन्द्रयानको गति कम भएमा चन्द्रमाको गुरुत्वाकर्षण शक्तिले उक्त यानलाई जोडसँग आफूतर्फ तान्दथ्यो र यस्तो अवस्थामा यान चन्द्रमाको सतहमा ठोक्किएर चकनाचुर हुन्थ्यो ।

वैज्ञानिकका अनुसार यो सफलतासँगै अब चन्द्रयान २ लाई चन्द्रमाका अन्य कक्षहरुमा पनि लगिने र यसमा रकेट प्रक्षेपण गरिनेछ ।

फेरि विस्तारै यानलाई चन्द्रमाको सतहभन्दा १ सय किलोमिटर मात्र टाढा लगिनेछ । त्यसपछि २० किलोमिटर नजिक पूराइनेछ । त्यसपछि लूनर ल्याण्डरलाई यानबाट हटाएर चन्द्रमाको सतहतर्फ छाडिनेछ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

उच्चशिक्षामा कृत्रिम बौद्धिकताको विवेकशील प्रयोगमा जोड

प्रेसलाई नियन्त्रण गर्ने सरकारको कुनै मनसाय छैनः सञ्चारमन्त्री डा तिमल्सिना

मुस्ताङमा पहिलो पटक एआई ड्रोन प्रविधिद्वारा वन गस्ती गरिँदै

डिजिटल पहुँच पुर्‍याउन दुर्गम क्षेत्रमा सेवा विस्तार गर्दै टेलिकम

अव्यवस्थित तार हटाइँदै

कोरलानाकामा थप ‘बिटिएस’ सञ्चार उपकरण जडान

विश्व दूरसञ्चार तथा सूचना समाज दिवसः ‘डिजिटल’ पहुँच विस्तारमा जोड

अनलाइनमार्फत घरमै नक्सा

सामुदायिक सूचना केन्द्र सञ्चालन

एआईमा आधारित कल सेन्टर सुरु, एकैपटक १५ जनाले सम्पर्क गर्न सकिने

फाइभजीः ‘डिजिटल’ अर्थतन्त्रको नयाँ आधार

दूरसञ्चार क्षेत्र सुधारमा सरकार गम्भीर, ‘फोरजी’ सुदृढीकरणसँगै ‘फाइभजी’ सेवा सुरु गर्ने तयारीमा छौँः सञ्चारमन्त्री डा तिमिल्सिना